काभ्रेमा बाढीले दुई पुल बगायो « Khabarhub

काभ्रेमा बाढीले दुई पुल बगायो


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ मा रहेको पुण्यमाता खोला र विहावर (रोशी) खोलामा रहेको दुईवटा पुल बाढीले बगाएको छ ।

पनौतीको त्रिवेणीघाट तथा ऐतिहासिक मन्दिर इन्द्रश्वरलगायत पनौती पुरानो बजार आवतजावत गर्ने तथा वडा नं ७ र ६ सङ्कटा जोड्ने पुल बगाएको छ ।

त्यस्तै वडा नं ७ र ९ वृद्धाश्रम अगाडि भीमसेनस्थान जोड्ने पक्की पुल पनि अविरल वर्षापछिको बाढीले बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले रोशीखोलामा रहेको दुई पक्की पुल बगाई पूर्णरूपमा क्षति भएको बताए ।

पनौती वडा नं ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले पुण्यामाता र रोशीखोलामा बुधबार गएको बाढीले दुई पक्की पुल बगाएपछि स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको बताए ।

‘पनौती क्षेत्रमा यति ठूलो बाढी विसं २०१३ असोज १३ गतेपछि आएको ठूलो बाढी हो,’ कर्माचार्यले भने, ‘बाढीले सुकुम्वासी बस्तीभन्दा माथिको खोला छेउको टिपर गुड्ने बाटोसमेत क्षति पुर्‍याउनुका साथै एउटा निशान गाडी र एउटा स्कुटर बगाएको छ ।’

यसैबीच बुधबार परेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नं ६ ज्यामिरेस्थित रोशीखोलामा दुवैतर्फबाट आएको बाढीका कारण फसेका पञ्च तामाङलाई प्रहरी चौकी भकुण्डेबेँसी र नेपाली सेना २६ नं बाहिनी अङ्डा भकुण्डेबेँसीबाट खटिएको संयुक्त टोलीले सकुसल उद्धार गरेको छ ।

रोशी गाउँपालिका वडा नं ३ शिखर आम्बोटेका चमारसिं लामा र इन्द्रमाया लामा रोशीखोलामा दुबैतर्फबाट आएको बाढीको कारण बीचमा फसेको अवस्थामा उद्धार गरिएको हो ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ८ : ५२ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका