विश्वका कुन देशमा कोरोनाको प्रभाव कस्तो ? « Khabarhub

विश्वका कुन देशमा कोरोनाको प्रभाव कस्तो ?


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ लाख ९ हजार नाघेको छ । पछिल्लो एक दिनमा मात्रै १ लाख १४ हजार नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ६२ हजार ८१ पुगेको छ । हालसम्म २५ लाख ८२ हजार उपचारपछि निको भएर घर फर्किएका छन् ।

अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ३ हजार ३०३ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १७ लाख ६८ हजार ४६१ पुगेको छ ।

अमेरिकामा करिब ५ लाख जना उपचारपछि डिस्चार्ज भएका छन् । यता, अमेरिकापछि धेरै संक्रमित रहेको ब्राजिलमा ४ लाख ३८ हजार ८१२ जनामा संक्रमण हुँदा २६ हजार ७६४ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा मात्रै ब्राजिलमा २४ हजार भन्दा धेरै संक्रमित थपिएका छन् भने १ हजार भन्दा धेरैको मृत्यु भएको छ ।

यस्तै, रुसमा हालसम्म ३ लाख ७९ हजार ५१ संक्रमित हुँदा ४ हजार १४२ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ३७ हजार ८३७ जनाको मृत्यु भएको छ भने २ लाख ६९ हजार १२७ जना संक्रमित रहेका छन् । बेलायतमा कोरोना भाइरसबाट अमेरिकापछि धेरै जनाको मृत्यु भएको छ ।

स्पेनमा संक्रमितको संख्या २ लाख ८४ हजार ९८६ पुगेको छ भने २७ हजार ११९ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ३१ हजार ७३२ पुग्दा ३३ हजार १४२ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ८६ हजार २३८ हुँदा २८ हजार ६६२ जनाको मृत्यु भएको छ । त्यस्तै, जर्मनीमा १ लाख ८२ हजार ४५२ जना संक्रमित हुँदा ८ हजार ५७० जनाको मृत्यु भएको छ ।

यता, भारतमा पनि कोरोना संक्रमण उच्च दरमा बढिरहेको छ । भारतमा हालसम्म १ लाख ६५ हजार ७९९ संक्रमित हुँदा ४ हजार ७११ जनाको मृत्यु भएको छ । टर्कीमा १ लाख ६० हजार ९७९ संक्रमित हुँदा ४ हजार ४६१ को ज्यान गएको छ । इरानमा १ लाख ४३ हजार ८४९ जना संक्रमित हुँदा ७ हजार ६२७ जनाको ज्यान गएको छ । चीनमा पछिल्लो १ दिनमा कुनैपनि नयाँ संक्रमित थपिएका छैनन् । त्यहाँ हालसम्म ८२ हजार ९९५ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।

पाकिस्तनमा ६१ हजार २२७ संक्रमित हुँदा १ हजार २६० जनाको ज्यान गएको छ । बंगलादेशमा ४० हजार ३२१ संक्रमित हुँदा ५५९ को मृत्यु भएको छ । जापानमा १६ हजार ६८३ जना संक्रमित हुँदा ८६७ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १ हजार ४२ जना संक्रमति फेला पर्दा १८७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ५ जनाको भने मृत्यु भएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  १० : ४४ बजे

तनावपूर्ण खेलमा भिड्दै इङ्गल्यान्ड र मेक्सिको : दुई पेनाल्टी, एउटा रातो कार्ड

काठमाडौँ – फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) को एक

विश्वकप फुटबल : पहिलो हाफमा मेक्सिको विरुद्ध इंग्ल्याण्डलाई २–१ को अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा अहिले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल