विश्वका कुन देशमा कोरोनाको प्रभाव कस्तो ? | Khabarhub Khabarhub

विश्वका कुन देशमा कोरोनाको प्रभाव कस्तो ?


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ लाख ९ हजार नाघेको छ । पछिल्लो एक दिनमा मात्रै १ लाख १४ हजार नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ६२ हजार ८१ पुगेको छ । हालसम्म २५ लाख ८२ हजार उपचारपछि निको भएर घर फर्किएका छन् ।

अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ३ हजार ३०३ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १७ लाख ६८ हजार ४६१ पुगेको छ ।

अमेरिकामा करिब ५ लाख जना उपचारपछि डिस्चार्ज भएका छन् । यता, अमेरिकापछि धेरै संक्रमित रहेको ब्राजिलमा ४ लाख ३८ हजार ८१२ जनामा संक्रमण हुँदा २६ हजार ७६४ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा मात्रै ब्राजिलमा २४ हजार भन्दा धेरै संक्रमित थपिएका छन् भने १ हजार भन्दा धेरैको मृत्यु भएको छ ।

यस्तै, रुसमा हालसम्म ३ लाख ७९ हजार ५१ संक्रमित हुँदा ४ हजार १४२ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ३७ हजार ८३७ जनाको मृत्यु भएको छ भने २ लाख ६९ हजार १२७ जना संक्रमित रहेका छन् । बेलायतमा कोरोना भाइरसबाट अमेरिकापछि धेरै जनाको मृत्यु भएको छ ।

स्पेनमा संक्रमितको संख्या २ लाख ८४ हजार ९८६ पुगेको छ भने २७ हजार ११९ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ३१ हजार ७३२ पुग्दा ३३ हजार १४२ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ८६ हजार २३८ हुँदा २८ हजार ६६२ जनाको मृत्यु भएको छ । त्यस्तै, जर्मनीमा १ लाख ८२ हजार ४५२ जना संक्रमित हुँदा ८ हजार ५७० जनाको मृत्यु भएको छ ।

यता, भारतमा पनि कोरोना संक्रमण उच्च दरमा बढिरहेको छ । भारतमा हालसम्म १ लाख ६५ हजार ७९९ संक्रमित हुँदा ४ हजार ७११ जनाको मृत्यु भएको छ । टर्कीमा १ लाख ६० हजार ९७९ संक्रमित हुँदा ४ हजार ४६१ को ज्यान गएको छ । इरानमा १ लाख ४३ हजार ८४९ जना संक्रमित हुँदा ७ हजार ६२७ जनाको ज्यान गएको छ । चीनमा पछिल्लो १ दिनमा कुनैपनि नयाँ संक्रमित थपिएका छैनन् । त्यहाँ हालसम्म ८२ हजार ९९५ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।

पाकिस्तनमा ६१ हजार २२७ संक्रमित हुँदा १ हजार २६० जनाको ज्यान गएको छ । बंगलादेशमा ४० हजार ३२१ संक्रमित हुँदा ५५९ को मृत्यु भएको छ । जापानमा १६ हजार ६८३ जना संक्रमित हुँदा ८६७ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १ हजार ४२ जना संक्रमति फेला पर्दा १८७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ५ जनाको भने मृत्यु भएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  १० : ४४ बजे

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का