नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुग्यो | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुग्यो


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा थप १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १ हजार २१२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १ हजार २१२पुगेको जानकारी दिएका हुन् ।

डा देवकोटाका अनुसार कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु झापा कचनाकवलका २४ जना १८ देखि ४१ वर्षका पुरुष रहेका छन् । यस्तै झापाकै काकरभिट्टाका ३ जना रहेका छन् । उनीहरु २४ देखि ५४ वर्ष उमेर समूहका रहेका छन् ।

यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरी राजविराजका ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु २० देखि २६ वर्ष उमेर समूहका रहेका छन् । यस्तै झापाकै भद्रपुरका एक जना ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

यसैगरी नारायणी अस्पतालको प्रयोगशालमा ९ जनामा पोजेटिभ देखिएको छ । उनीहरु मध्ये बाराको पचौटाको राष्ट्रिय माविको क्वारेन्टाइनमा रहेका ४ जना रहेका छन् । उनीहरु २७ देखि ४५ वर्ष उमेर समूहका पुरुष छन् । यस्तै पर्साको पोखरीयाका ४ जना रहेका छन् । उनीहरु २१ देखि ४२ वर्ष उमेर समूहका पुरुष रहेका छन् । यस्तै पर्साका जिराभवानीका एक जना ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै ललितपुरको पाटन अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी सर्लाही घर भएका पाटन अस्पतालमै रहेका ३१ वर्षीया महिला रहेकी छन् ।

यस्तै गण्डकी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा १ जनामा पोजेटिभ देखिएको छ । उनी म्याग्दीको मालिकाका ३० वर्षीय पुरुष हुन् । डा. देवकोटाका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये बाँके डुडुवाका १० जना रहेका छन् । उनीहरु १० देखि ४१ वर्ष उमेर समूहका पुरुष रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार भरतपुर अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पनि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु कपिलवस्तुको कपिलवस्तु नगरपालिकाको ४ जना ३२ देखि २६ वर्ष सम्मका पुरुष, यस्तै नवलपरासीका २ जना १९ र २१ वर्षका पुरुष रहेका छन् ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ८४ जनाको कोरोना पोजेटिभ देखिएको छ । उनीहरुमध्ये कपिलवस्तु यशोधराको भृकुटी मावि कृष्णनगरको क्वारेन्टाइनमा रहेका २३ जना छन् ।उनीहरु ७ वर्षका बालक देखि ५२ वर्षका वृद्धसम्म रहेका छन् ।

यस्तै रौतहटको राजपुरमा भरदवाको रहेको जनता मावि डुमरीयामा ५६ जनामा कोरोना संक्रमण देखिएको छ । प्रवक्ता डा देवकोटाका अनुसार उनीहरु २ जना बालिका र ५४ जना पुरुष रहेका छन् । यस्तै सर्लाहीका ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको डा. देवकोटाले जानकारी दिए । उनीहरु १९ देखि ३० वर्ष उमेर समूहका ३ जना पुरुष र एक जना महिला छन् ।

यस्तै रुपन्देहीको प्रादेशिक प्रयोगशालामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए । उनीहरु कपिलवस्तु गौतमबुद्ध माविको क्वारेन्टाइका १५ जना पुरुष र रुपन्देहीका सैनामैनाका एकजना २७ पुरुष रहेका छन् ।

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ११ जनाको कोरोना पोजेटिभ आएको छ । उनीहरु मध्ये दाङको गढवाका २ जना २८ र ४१ वर्षका पुरुष र कपिलवस्तुको विजयनगरका ९ जना १७ देखि ५२ वर्षका पुरुष रहेका छन् । यो सँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या १ हजार २१२ जना पुगेको छ ।

जसमध्ये १ हजार १ सय ३ जना पुरुष र १ सय ९ जना महिला रहेका छन् । ती मध्ये २ सय ६ जना निको भएर घर फर्किएका छन् । कोरोना निको हुनेमा १ सय ६२ र महिला ४४ जना रहेका छन् । यस्तै हालसम्म ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका ५२ जिल्लामा कोरोना संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण हालसम्म ६ जनाको मृत्यु

यसैगरी अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ स्थायी ठेगाना भएका एक जनाको भारतबाट आउँदै गर्दा मृत्यु भएको र उनमा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि नेपालमा ५ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।  नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध र  ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष गरी पाँच जनाको मृत्यु भएको थियो।

 

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ४ : ३२ बजे

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

भरतपुर– पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको

इजरायलको चौथो एफ ३५ खसालेको इरानको दाबी

काठमाडौं– इरानले इजरायलको अमेरिकामा निर्मित अर्को एफ ३५ लडाकु विमान

भाषिक विवादमा फसेका नायक कमलाई राहत, अदालतले भन्यो- अनिवार्य रूपमा फिल्म प्रदर्शन हुनुपर्छ

काठमाडौं – भाषिक विवादमा फसेका दक्षिण भारतीय नायक कमल हसनलाई

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका