भारतीय सीमाबाट आउने नेपालीलाई 'हेल्थ किट' उपलब्ध गराइने | Khabarhub Khabarhub

भारतीय सीमाबाट आउने नेपालीलाई ‘हेल्थ किट’ उपलब्ध गराइने


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरसको जोखिम रोक्न भारतबाट आउनेहरुलाई हेल्थ किट उपलब्ध गराउने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भारतबाट आउनेहरुलाई सरकारले हेल्थ किट उपलब्ध गराउने जानकारी दिएका हुन् ।

डा देवकोटाका अनुसार भारतबाट नेपाल प्रवेशको क्रम नरोकिएकोले उनीहरुका लागि मास्क, स्यानीटाइजर, थर्माेमिटर लगायतका हेल्थ किट उपलब्ध गराउन लागिएको हो ।

डा देवकोटाका अनुसार स्वास्थ्य सेवा विभागले केही दिनमा सिमानाकामा प्रवेश गर्नेलाई हेल्थ किट उपलब्ध गराउने बताए । उनले भारतबाट आउनेहरुको संख्या बढ्दै गएकाले क्वारेन्टाइनमा रहँदा व्यवस्थित भएर रहना पनि आग्रह गरे ।

नेपालमा क्वारेन्टाइमा रहनेको संख्या बढ्दै गएको डा देवकोटाको भनाइ छ । उनका अनुसार थप क्वारेन्टाइन व्यवस्थापन गर्न स्थानीय, प्रदेश र संघीय सरकारले समन्वय गर्नुपर्ने बताए ।

उनले कोरोना संक्रमणलाई जित्न सबैजना एकजुट भएर लाग्नुपर्ने बताए । डा देवकोटाले समुदायमा कोरोना संक्रमण फैलिदै जाँदा ज्येष्ठ नागरिक तथा दीर्घ रोगीलाई बढी जोखिम हुने भएपनि आफ्नो स्वास्थ्यप्रति सबैजना सचेत रहनुपर्ने बताए ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ७ : ०५ बजे

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज