भारतीय सीमाबाट आउने नेपालीलाई ‘हेल्थ किट’ उपलब्ध गराइने « Khabarhub

भारतीय सीमाबाट आउने नेपालीलाई ‘हेल्थ किट’ उपलब्ध गराइने


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरसको जोखिम रोक्न भारतबाट आउनेहरुलाई हेल्थ किट उपलब्ध गराउने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भारतबाट आउनेहरुलाई सरकारले हेल्थ किट उपलब्ध गराउने जानकारी दिएका हुन् ।

डा देवकोटाका अनुसार भारतबाट नेपाल प्रवेशको क्रम नरोकिएकोले उनीहरुका लागि मास्क, स्यानीटाइजर, थर्माेमिटर लगायतका हेल्थ किट उपलब्ध गराउन लागिएको हो ।

डा देवकोटाका अनुसार स्वास्थ्य सेवा विभागले केही दिनमा सिमानाकामा प्रवेश गर्नेलाई हेल्थ किट उपलब्ध गराउने बताए । उनले भारतबाट आउनेहरुको संख्या बढ्दै गएकाले क्वारेन्टाइनमा रहँदा व्यवस्थित भएर रहना पनि आग्रह गरे ।

नेपालमा क्वारेन्टाइमा रहनेको संख्या बढ्दै गएको डा देवकोटाको भनाइ छ । उनका अनुसार थप क्वारेन्टाइन व्यवस्थापन गर्न स्थानीय, प्रदेश र संघीय सरकारले समन्वय गर्नुपर्ने बताए ।

उनले कोरोना संक्रमणलाई जित्न सबैजना एकजुट भएर लाग्नुपर्ने बताए । डा देवकोटाले समुदायमा कोरोना संक्रमण फैलिदै जाँदा ज्येष्ठ नागरिक तथा दीर्घ रोगीलाई बढी जोखिम हुने भएपनि आफ्नो स्वास्थ्यप्रति सबैजना सचेत रहनुपर्ने बताए ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ७ : ०५ बजे

राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सम्हालेयता पहिलो पटक कुनै राजनीतिक

एक वर्षमा २२ गैँडा मरे

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा

नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग

काठमाडौं– नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले शैक्षिक परामर्श, भाषा

राष्ट्र बैंकलाई आधुनिक र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८

ओलीको दाबी- सरकारले विरोध दबाउन घर र सञ्चार माध्यमका कार्यालय अगाडि गाडी तेर्स्याए

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अराजकता फैलाउने