बाजुराको ताम्सुमा पहिरोले घर बगायो,  ५० घरपरिवार जोखिममा « Khabarhub

बाजुराको ताम्सुमा पहिरोले घर बगायो,  ५० घरपरिवार जोखिममा


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोले एक घर बगाएको छ ।

मङ्गलबार रातिदेखि निरन्तर वर्षाका कारण पहिरो आएर घर बगाएको हो । पहिरो अहिले पनि बगिरहेको स्थानीयवासी मदन थापाले बताए । उनका अनुसार एक घर पूर्णरूपमा बगाइसकेको र पाँच घर पहिरोका नजिक रहेकाले जोखिममा छन् । ताम्सुमा ५० घरपरिवार छन् ।

पहिरो निरन्तर बग्ने हो भने गाउँ नै जोखिममा रहने स्थानीयवासीले बताएका छन् । यता बूढीगङ्गा नदीले झोलुङ्गे पुल बगाएका कारण आवतजावतमा समेत समस्या भएको थापाले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ९ : १७ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर