वर्षायाममा सागपात खाँदा अपनाउनुहोस् यी सावधानी « Khabarhub

वर्षायाममा सागपात खाँदा अपनाउनुहोस् यी सावधानी


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल बजारमा प्रशस्त मात्रामा वेमौसमी तरकारीहरु पाइन्छ ।

बेमौसमी तरकारीमा मानिसको आर्कषण बढे पनि यसको सेवनले भने कतिपय अवस्थामा हाम्रो शरीरमा हानी पुर्याउँदछ । अझ वर्षायाममा पात भएका साग तथा तरकारीको सेवन भने अन्य मौसमको तुलनामा हानिकारक हुन्छ ।

अन्य मौसममा स्वस्थकर मानिए पनि वर्षाको मौसममा हरियो तरकारी र सागपात स्वास्थको लागि हानिकारक हुन सक्छ ।

वर्षायाममा हरिया तरकारीमा रोगका किटाणुहरु पाइन सक्छ । ती किटाणु वर्षाको फोहोर र आकाशबाट परेको पानीसंगै बारीसम्म पुग्ने गर्दछन् । तसर्थ यस्ता सागपात वा तरकारी खानु अघि निम्न सावधानी अपनाउन आवश्यक हुन्छ ।

१. बजार वा बारीबाट ल्याइएको तरकारीलाई तातो पानीमा पखाल्ने ।
२. तरकारी पकाउन प्रयोग गरिने पानी तातो नै प्रयोग गर्ने ।
३. तरकारी पकाउँदा पर्याप्त समयसम्म पकाउने काँचो नखाने ।
४. सागपात वा पात भएका तरकारी पकाउँदा छोपेर मात्र पकाउने ।
५. यो मौसममा हरियो पात भएको तरकारीको सट्टा मौसमी तरकारी भिन्डि, परवल, बोडी, करेला खान सकिन्छ ।

वर्षायाममा पाचनपक्रिया सुस्त हुने गर्दछ । तसर्थ यस मौसममा सफा, स्वस्थ्यकर र पौष्टिकजन्य तरकारी खानु पर्दछ । तर यस्ता तरकारी पकाउँदा काँचो, धेरै तेलको प्रयोग गरेर, पिरो, मसलायुक्त खानु हुदैन ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ९ : ३९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल