नारायणी अस्पतालको प्रयोगशालामा थप ३४ जनामा कोरोना पुष्टि | Khabarhub Khabarhub

नारायणी अस्पतालको प्रयोगशालामा थप ३४ जनामा कोरोना पुष्टि


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी कोरोना विशेष अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहका अनुसार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा सिंहका अनुसार नयाँ थपिएका संक्रमितहरु मध्ये ११ जना जिल्ला कारागारमा रहेका कैदीबन्दी छन् । यस्तै एकजना सैनिक जवान, एकजना चिकित्सक समेत संक्रमित भएका छन् । अन्य संक्रमित भने कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिहरु छन् ।

संक्रमितको व्यवस्थापनमा समस्या

पर्सामा ५ दिनअघि देखि निषेधाज्ञा गरिएको डा सिंहले बताए । निषेधाज्ञा गरिएपछि संक्रमितको संख्या भने बढ्दै गएको छ ।

पर्सामा कोरोना संक्रमित बढेसँगै संक्रमितको व्यवस्थापनमा समस्या देखिन थालेको डा सिंहले बताए ।

डा सिंहका अनुसार हाल नारायणी कोरोना विशेष अस्पतालमा ५९ जना संक्रमितहरु उपचारत छन् । आइसोलेसन अभावका कारण हिजो र आज कोरोना संक्रमण पुष्टि भएका ६० जना भन्दा बढी संक्रमितहरु घरमा नै बस्न बाध्य भएको डा सिंहको भनाइ छ ।

‘हाम्रो अस्पतालमा अहिले क्षमता भन्दा बढी संक्रमित राखिएको छ, संक्रमितहरु पनि थपिँदै गएका छन्,’ डा सिंहले खबरहबसँग भने, ‘सम्बन्धित निकायहरु मौन बसेका छन्, आइसोलेसन नहुँदा ६० जना भन्दा बढी संक्रमितहरु घरमै बस्न बाध्य भएका छन् ।’

चिकित्सक अभाव

नारायणी अस्पतालमा चिकित्सकमा समेत कोरोना संक्रमण देखिन थालेपछि उपचारमा चिकित्सक अभाव हुने अवस्था आउन लागेको डा सिंहले बताए ।

नारायणी अस्पतालमा कोरोनाका बिरामी हेर्ने ९ जना चिकित्सक मध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ३ जना चिकित्सक क्वारेन्टाइनमा रहेका छन् । हाल ५९ जना कोरोना संक्रमित रहेको नारायणी कोरोना विशेष अस्पतालमा ४ जना चिकित्सक मात्र बाँकी रहेका छन् ।

‘अहिले ९ जना चिकित्सक मात्रले कोरोनाका बिरामी हेर्दै आएकोमा २ जना कोरोना संक्रमण देखिएको छ, ३ जना क्वारेन्टाइनमा छन्, अब हामी ३ जना मात्र बाँकी छौं,’ डा सिंहले भने, ‘हामीलाई पनि कतिबेला कोरोना संक्रमण हुन्छ थाहा छैन ।त्यसैले यहाँ अब चिकित्सकको पनि अभाव हुन थालेको छ ।’

शय्या र स्वास्थ्यकर्मी थप्न आवश्यक 

डा सिंहका अनुसार नारायणी कोरोना विशेष अस्पतालमा ५० जना संक्रमित राख्न मिल्ने शय्याहरु थिए । तर अस्पतालमा संक्रमित थपिएसँगै क्षमता भन्दा बढी बिरामी उपचारत छन् ।

पर्सामा कोरोना संक्रमितहरु बढ्दै गएकाले अस्पतालको क्षमता र शय्याको संख्या पनि थप गर्नुपर्ने डा सिंह बताउँछन् ।

‘अहिले तत्काल संक्रमितहरुलाई राख्ने आइसोलेन व्यवस्थापन गर्नुपर्ने देखिन्छ, अब सुविधा सम्पन्न आइसोलेन बनाउनुपर्छ, जसमा लक्षणसहितका संक्रमितको उपचार गर्न पाइयोस्,’ डा सिंहले भने, ‘ स्थानीय, प्रदेश र केन्द्र सरकारले चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली तुरुन्त थप खटाउनुपर्छ ।’

पर्सामा कोरोना संक्रमित बढ्दै गएसँगै थप आइसियु सहितको एकसय शय्या भन्दा माथिको कोरोना विशेष अस्पताल आवश्यक भएको डा सिंहले बताए ।

डा सिंहका अनुसार लक्षण देखिएका कोरोना संक्रमितहरु बढ्दै गएकाले पर्सामा कम्तिमा पनि ३० शय्याको आइसियु, १० वटा भेन्टिलेटरको आवश्यकता रहेका पनि बताए ।

डा सिंहका अनुसार हाल तीन सय व्यक्तिलाई राख्न मिल्ने आइसोलेनको आवश्यकता छ ।

डा सिंहका अनुसार नारायणी अस्पतालमा हाल ६ जना मेडिकल अधिकृत, २ जना कन्सलटेन्ट,२ जना एनेस्थेसीया तथा क्रीटिकल केयरमा काम गर्ने चिकित्सक, २० जना स्टाफ नर्स, ६ जना स्वीपर आवश्यक रहेको डा सिंहले बताए ।

बारा, पर्सा लगायतका जिल्लाहरुमा कोरोना संक्रमणको दर बढ्दै गएकाले समुदायमा परीक्षणको दायरा बढाउनुपर्ने पनि डा सिंहको भनाइ छ ।

‘अहिले यहाँ समुदायमा धेरै भन्दा धेरै व्यक्तिको पीसीआर परीक्षण गरेर संक्रमित पहिचान गनुपर्ने आवश्यकता छ,’ डा सिंहले भने, ‘संक्रमितहरुलाई समय पहिचान गरेर व्यवस्थान गर्न सकिएन भने अवस्था अझै जटिल बन्न सक्छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  २ : २६ बजे

आजबाट जसपाको संघीय परिषद् बैठक

 काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको संघीय परिषदको बैठक

गलेश्वर बजार सौन्दर्यीकरण : सडकमा ढुङ्गा बिछ्‌याउन थालियो

म्याग्दी– बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व संकलन

वीरगञ्ज– आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१-८२ को

तेहरानमा रहेको अस्ट्रेलियाली दूतावास बन्द

तेहरान – इरान-इजरायल युद्धका कारण अस्ट्रेलियाले तेहरानमा रहेको दूतावास बन्द

विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा