भटाभट म्युजिक भिडियोको छायांकन, फिल्मको कहिले ? « Khabarhub

भटाभट म्युजिक भिडियोको छायांकन, फिल्मको कहिले ?


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेको छ । जसका कारण सिनेमा क्षेत्र पूर्ण रुपमा बन्द छ । लकडाउन गर्नुअघि नै सिनेमा घर बन्द गर्न सरकारले निर्देशन दिएको थियो ।

लकडाउनका कारण फिल्मकर्मीहरु लामो समय फुर्सदमा रहे । रिलिज भइरहेका फिल्म पनि लकडाउनका कारण रोकिए । काम पूर्ण रुपमा ठप्प भयो ।

अहिले भने लकडाउड खुलेसँगै मनोरञ्जन क्षेत्रमा पनि चहलपहल बढेको छ । लकडाउनको समयदेखि नै म्युजिक भिडियोहरु सार्वजनिक भइरहेका थिए । लकडाउन खुकुलो बनाएसँगै म्युजिक भिडियोको काम तीव्र गतिमा भइरहेको छ ।

दयाहाङ राई, विपिन कार्कीदेखि केकी अधिकारी, स्वस्तिमा खड्का लगायत म्युजिक भिडियोमा व्यस्त भएका छन् । एकपछि अर्को गर्दै म्युजिक भिडियो पनि रिलिज भइरहेका छन् ।

सिनेमा घर बन्द भएका कारण नयाँ फिल्म रिलिजबारे फिल्मकर्मी मौन छन् । अहिले सिनेमा हल खुले पनि कोरोना भाइरसको संक्रमण हुने डरले फिल्म हलमा दर्शक पुग्ने छैनन् । अन्तर्राष्ट्रिय फिल्मले पनि तत्कालका लागि रिलिज तोकेका छैनन् । फिल्म हल खुला भए पनि तत्काल हलमा दर्शकको उपस्थिति हुन सम्भावना न्यून छ ।

लकडाउन खुले पनि फिल्म छायांकनका लागि कुनै टिम पनि अझै तयारी थालेको छैन । यद्यपि धेरै फिल्मकर्मीहरु भदौदेखि फिल्मको छायांकन थाल्ने योजनामा छन् । भदौदेखि लामो दूरीका यातायात समेत चलाउने सरकारले निर्णय गरेको छ ।

लकडाउनअघि छायांकन भइरहेका फिल्मले पनि अब बाँकी शूटिङ थाल्ने योजना बनाइरहेका छन् । नायिका रेखा थापा, निर्देशक मिलन चाम्स, निर्माता रोज राणा लगायत फिल्मकर्मी अब फिल्मको छायांकन थाल्ने योजनामा जुटेका छन् ।

लामो समयको लकडाउनका कारण प्राविधिकहरु बेरोजगार भएका छन् । कतिपय फिल्मकर्मीको अब फिल्म क्षेत्रलाई चलायमान बनाउनका लागि पनि फिल्मको छायांकन थाल्नुपर्ने निष्कर्ष छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ४ : १९ बजे

चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठायो

एजेन्सी – चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार

भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय

गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश

थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गत निर्माण भइरहेको रेल

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने