काठमाडौं उपत्यकामा थपिए १५ कोरोना संक्रमित  « Khabarhub

काठमाडौं उपत्यकामा थपिए १५ कोरोना संक्रमित 


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बुधबार काठमाडौं उपत्यकामा १५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंका १४ जना र भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका सात जनामा संक्रमण देखिएको हो ।

टेकुमा गरिएको परीक्षणमा भक्तपुरका एक, काठमाडौंका दुई जनामा संक्रमण पुष्टि भएकाे छ । यसैगरी वीर अस्पताल प्रयोगशालमा काठमाडौंका दुई, त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका एक जनमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले जनाएको छ ।

ललितपुरकाे स्टार अस्पताल प्रयोगशालामा पनि काठमाडौंका दुई जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार आज नेपालमा थप  २१० जनामा संक्रमण कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा थप २१० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनका अनुसार नेपालमा संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।

२४ घन्टामा १४६ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै १४ हजार २१ जना कोरोना निको भएर डिस्चार्ज भएका प्रवक्ता गौतमले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ४ : ३६ बजे

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक