आज थपिए २१० संक्रमित, १४६ संक्रमणमुक्त (विवरणसहित) « Khabarhub

आज थपिए २१० संक्रमित, १४६ संक्रमणमुक्त (विवरणसहित)


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधबार थप २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

लकडाउन अन्त्यहुनु अघिको ८ दिनमा जम्मा ३.० प्रतिशत र लकडाउन अन्त्य भइसकेपछिको ८ दिनमा ३.७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए ?

गौतमका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा मोरंगका ३ जना र सुनसरीका १ जनामा कोरोना पुष्टि भएको छ।

त्यस्तै, कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरंगका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरंगका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सप्तरीका १ जना, सर्लाहीका १ जना, धनुषाका १२ जना र महोत्तरीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, नारायणी अस्पताल वीरगञ्ज प्रयोगशालामा पर्साका ३४ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १ जना, धादिंगका ७ जना, कपिलवस्तुका २ जना र काठमाडौंका २ जनामा कोरोना फेला परेको छ।

त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका ७ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौंडामा नवलपरासी पूर्वका २ जना र रौतहटका १ जनामा कोरोना संक्रमण भेटिएको छ।

वीर अस्पताल प्रयोगशाला काठमाडौंमा काठमाडौंका २ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल प्रयोगशाला महाराजगञ्जमा काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पताल काठमाडौंमा सप्तरीका १ जना, स्टार अस्पताल प्रयोगशाला सानेपामा काठमाडौंका २ जना र महोत्तरीका १ जनामा कोरोना पुष्टि भएको छ।

प्रादेशिक क्षयरोग केन्द्र पोखरा प्रयोगशालामा बाग्लुंगका ७ जना, स्याङ्जाका २६ जना, म्याग्दीका २ जना र तनहुँका १ जनामा कोरोना संक्रमण पाइएको छ। त्यस्तै सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा सुर्खेतका १ जनामा पनि कोरोना पाइएको छ।

यसैगरी डडेल्धुरा अस्पताल प्रयोगशालामा बैतडीका २ जना र डोटीका १५ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा डोटीका ३७ जना, कैलालीका ८ जना र कञ्चनपुरका ८ जनामा कोरोना भेटिएको छ। योसँगै आज कुल २ सय १० जनामा कोरोना संक्रमण भेटिएको हो।

कुन प्रदेशमा कति सक्रिय संक्रमित ?

प्रदेश नं १ मा २ सय २६ जना

प्रदेश नं २ मा १ हजार ९ सय ८२ जना

बाग्मती प्रदेशमा ४ सय ८३ जना

गण्डकी प्रदेशमा २ सय ८८ जना

प्रदेश नं ५ मा ४ सय १ जना

कर्णाली प्रदेशमा ३ सय २ जना

सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय २१ जना

२४ घण्टामा १४६ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार २१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ४ : ५८ बजे

बलुचिस्तानको प्रहरी चौकीमा आक्रमण, नौ प्रहरीको मृत्यु

पाकिस्तान- पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको

बेरुजु छलफल उपसमिति गठनका सम्बन्धमा विवाद, लेखा समिति बैठक नै स्थगीत

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफल उपसमिति गठनका

हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार, क्षेत्रीय तनाव थप चुलियो

दुबई- विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा भएन, पहाडी क्षेत्रमा भने मनसुन सक्रिय

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही

सांसद शाहीको ठहर- बालेन, रवि र ओलीमा फरक देखिएन 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र