सञ्जय दत्तका जीवनका केही रोचक किस्सा « Khabarhub

सञ्जय दत्तका जीवनका केही रोचक किस्सा


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सञ्जय दत्तको आज जन्मदिन हो । जन्मदिनको अवसर पारेर उनको अधिरा लूक सार्वजनिक गरिएको छ । सञ्जयलाई प्रतीक्षित फिल्म ‘केजीएफ २’ मा अधिराका रुपमा देख्न सकिनेछ । फिल्ममा उनले खलनायकको भूमिका निभाएका छन् ।

उनको जीवनमा आधारित फिल्म बनिसकेको छ । जानौं सञ्जयका जीवनका ५ रोचक किस्साः

सन् १९५९ जुलाई २९ मा जन्मिएका सञ्जय दत्तको पहिलो फिल्म ‘राँकी’ हो, जुन १९८१ मा रिलिज भएको थियो ।

फिल्म रिलिज भएपछि उनी कुलतमा फसे । उनी ड्रग्सको तलतलमा यसरी फसे कि, उनी नशा लिएर सुतेपछि कहिलेकाहीँ एकैपटक २ दिनपछि उठ्थे । एकपटक उनी हिरोइन खाएर सुते । भोक लागेपछि सञ्जय दत्त उठे । तर, छेउमै बसेका उनका नोकर रोए ।

उनले सोधे – किन रोएको ?

‘बाबा तपाईं दुई दिनपछि उठ्नुभएको छ,’ नोकरले भने ।

पछि उनलाई अमेरिका उपचार गर्नका लागि लगियो । पछि उनी ड्रग्सको दुनियाँबाट बाहिर आए ।

सञ्जय दत्त र रेखाको अफेअर पनि केही समयसम्म चल्यो । केही मिडियाले त रेखा र सञ्जयले बिहे गरेको समेत समाचार बनाए । दर्शकलाई लागेको थियो कि, रेखा र अमिताभ (बच्चन) को जोडी तोड्नका लागि यस्तो हल्ला फैलाइएको छ ।

देख्दा सामान्य देखिने सञ्जय दत्तको कैयन् अभिनेत्रीसँग नाम जोडिएको थियो । तीमध्ये माधुरी दीक्षितको विषयमा उनी गम्भीर थिए । पत्नी ऋचाको निधनले सञ्जय निकै दुःखी भए । त्यस दौरान उनले माधुरीसँग फिल्ममा काम गरिरहेका थिए ।

त्यतिबेला चर्चा चलेको थियो – यी दुवै निकै नजिक भएका थिए । दुवैले बिहे गर्ने फैसला पनि गरेका थिए । पछि सञ्जय जेलमा परे । माधुरीले पनि आफ्नो कदम पछि हटाइन् । तर, यो अफेअरको बारेमा माधुरी र सञ्जय दुवैले कहिल्यै पनि स्वीकारेनन् ।

सन् १९८६ मा राजेन्द्र कुमारले आफ्नो छोरा कुमार गौरवको करिअरको स्थिरता दिनका लागि फिल्म बनाए । जुन फिल्ममा सञ्जय दत्तलाई पनि लिइयो ।

तर, परिणाम उल्टो भयो । उक्त फिल्म सञ्जय दत्तको करिअरको टर्निङ प्वाइन्ट फिल्म बन्यो । सञ्जयको अभिनयबाट अमिताभ यति प्रभावित भए कि, उनले कुमार गौरव र सञ्जय दत्तलाई आफ्नो घरमा बोलाए र सुनको चेन उपहार दिए ।

सलमान खान सञ्जय दत्तका ठूला फ्यान थिए । ९० को दशकमा सलमानले सञ्जय दत्तको जस्तो कपालको स्टाइल बनाएका थिए । ‘साजन’ फिल्ममा दुवै एकसाथ देखिए । दुवैबीच राम्रो मित्रता पनि भयो । सञ्जयले नै सलमानलाई जिम जानका लागि प्रेरित गरे ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ५ : १७ बजे

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक