नेकपा केन्द्रीय कमिटी बैठक माग गर्दै १५२ नेताले बुझाए हस्ताक्षर (सूचीसहित) « Khabarhub

नेकपा केन्द्रीय कमिटी बैठक माग गर्दै १५२ नेताले बुझाए हस्ताक्षर (सूचीसहित)


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताहरुले तत्काल केन्द्रीय कमिटी बैठकको माग राख्दै पार्टी कार्यालयलमा हस्ताक्षर बुझाएका छन् ।

नेकपाभित्र विवाद चुलिरहेका बेला १५२ नेताहरुले केन्द्रीय कमिटी बैठकको माग राख्दै बुधबार पार्टी कार्यालय धुम्बाराहीमा हस्ताक्षेर बुझाएका हुन् ।

नेकपाभित्रको विवादकै कारण स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुँदै आएका बेला उनीहरुले तत्काल केन्द्रीय कमिटी बैठकको माग गरेका हुन् ।

केही समय पहिलेदेखि नै संकलन गरिएका हस्तक्षार बुधबार अपरान्ह केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाललाई बुझाएका हुन्।

महासचिव विष्णु पौडेललाई हस्ताक्षर बुझाउने भनिए पनि उनी सहभागी नभएपछि पार्टी कार्यालयका सचिवलाई हस्ताक्षर बुझाइएको हो ।

पार्टीमा पछिल्लो समय विवाद बढ्दै गएको तर सचिवालय र स्थायी समितिले त्यसको समाधान निकाल्न नसकेकाले उनीहरूले केन्द्रीय कमिटी बैठक माग गरेका हुन्।

अहिले विवादको समाधान कसरी हुन्छ भन्ने कुरालाई पार्टीको भविष्यसँग जोडिएकाले यसमा सबैको सहभागिता हुनु पर्ने उनीहरूको भनाइ छ।

नेकपाको कुनैपनि कमिटीका २५ प्रतिशतले माग गरेमा बैठक राख्नुपर्ने अन्तरिम विधानमा व्यवस्था गरिएको छ। यसअघि माघको १५ देखि १९ सम्म केन्द्रीय कमिटीको बैठक बसेको थियो।

मंगलबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक एकपक्षीय रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सदस्यको बैठक राखेपछि नेकपा विवादले थप चुलिएको छ ।

यस्तो छ सूची

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ६ : १२ बजे

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण

काठमाडौं- पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने

युएईद्वारा १११ नेपालीलाई आममाफी

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का

सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभाबी पार्किङ (तस्बिरहरू)

काठमाडौं– सार्वजनिक सडकमा केही मिनेट सवारीसाधन रोके पनि सर्वसाधारणले ट्राफिक

युक्रेनमा रूसी आक्रमण तीव्र, मृतकको सङ्ख्या २१ पुग्यो

किएभ- युक्रेनमा रूसले गरेको पछिल्लो आक्रमणमा मृत्यु हुनेको सङ्ख्या बढेर २१

प्रधानमन्त्री बालेनसँगको भेटपछि एडीबी अध्यक्षले गरे नेपाललाई साढे तीन खर्ब सहयोग गर्ने घोषणा

काठमाडौं– एशियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कन्दाले प्रधानमन्त्री