नेकपा केन्द्रीय कमिटी बैठक माग गर्दै १५२ नेताले बुझाए हस्ताक्षर (सूचीसहित) | Khabarhub Khabarhub

नेकपा केन्द्रीय कमिटी बैठक माग गर्दै १५२ नेताले बुझाए हस्ताक्षर (सूचीसहित)


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताहरुले तत्काल केन्द्रीय कमिटी बैठकको माग राख्दै पार्टी कार्यालयलमा हस्ताक्षर बुझाएका छन् ।

नेकपाभित्र विवाद चुलिरहेका बेला १५२ नेताहरुले केन्द्रीय कमिटी बैठकको माग राख्दै बुधबार पार्टी कार्यालय धुम्बाराहीमा हस्ताक्षेर बुझाएका हुन् ।

नेकपाभित्रको विवादकै कारण स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुँदै आएका बेला उनीहरुले तत्काल केन्द्रीय कमिटी बैठकको माग गरेका हुन् ।

केही समय पहिलेदेखि नै संकलन गरिएका हस्तक्षार बुधबार अपरान्ह केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाललाई बुझाएका हुन्।

महासचिव विष्णु पौडेललाई हस्ताक्षर बुझाउने भनिए पनि उनी सहभागी नभएपछि पार्टी कार्यालयका सचिवलाई हस्ताक्षर बुझाइएको हो ।

पार्टीमा पछिल्लो समय विवाद बढ्दै गएको तर सचिवालय र स्थायी समितिले त्यसको समाधान निकाल्न नसकेकाले उनीहरूले केन्द्रीय कमिटी बैठक माग गरेका हुन्।

अहिले विवादको समाधान कसरी हुन्छ भन्ने कुरालाई पार्टीको भविष्यसँग जोडिएकाले यसमा सबैको सहभागिता हुनु पर्ने उनीहरूको भनाइ छ।

नेकपाको कुनैपनि कमिटीका २५ प्रतिशतले माग गरेमा बैठक राख्नुपर्ने अन्तरिम विधानमा व्यवस्था गरिएको छ। यसअघि माघको १५ देखि १९ सम्म केन्द्रीय कमिटीको बैठक बसेको थियो।

मंगलबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक एकपक्षीय रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सदस्यको बैठक राखेपछि नेकपा विवादले थप चुलिएको छ ।

यस्तो छ सूची

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ६ : १२ बजे

विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी लेनिनग्राद क्षेत्रमा पर्ने स्लान्त्सी जिल्लामा यस

माओवादी बैठकमा प्रश्न : प्रचण्डको ६४ लाखको घडी र गंगाको २८ लाखको ब्यागको स्रोत के हो ?

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को शुक्रबार सम्मप्न केन्द्रीय समितिको सातौँ

गोकर्णेश्वरबाट रिभल्वर र बिनेटसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्तीबाट रभल्वर र

साल्ट ट्रेडिङले चाडपर्वमा कसरी दिँदैछ सहुलियत ?

काठमाडौं– दशैँसहितका ठूला चाडपर्व आएसँगै उपभोक्ताले अत्यावश्यकता वस्तुको आपूर्ति र