सुन प्रकरण : एसएसपीको संयोजकत्वमा छानबिन समिति « Khabarhub

सुन प्रकरण : एसएसपीको संयोजकत्वमा छानबिन समिति


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले मंगलबार काठमाडौंको कमलादीबाट आधा किलो सुनसहित साढे १४ किलो चाँदी र दुईथान पेस्तोल बरामद् गर्‍यो ।

प्रहरीले सुन चाँदी र हतियार बरामद गरे पनि सामान बोक्न प्रयोग गरिएको गाडी भने उम्किन सफल भयो ।

यो घटनामा कसरी गाडी उम्कन सफल भयो भन्ने प्रश्न उठेपछि प्रहरीले अहिले वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी)को नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलका अनुसार, छानबिन समितिमा महानगरीय प्रहरी कार्यालयमा कार्यरत एसएसपी किरण बज्राचार्य, एसपी सामेन्द्र सिंह राठौर, अपराध महाशाखाका डीएसपी दुर्गा दाहाल र महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसी छन् ।

डीआईजी पोखरेल भन्छन्, प्रहरी चेकजाँचका क्रममा सामान बरामद् भएपनि गाडी कसरी फुत्किन सफल भयो भन्नेबारे छानबिन गरेर यथार्थ विवरण बाहिर ल्याउन समितिलाई कार्यादेश दिइएको छ ।

प्रहरीले गाडी चेकजाँच गर्दैगर्दा सामान बरामद भएको तर बा ६ च ५५१९ नम्बरको स्कार्पीयो भागेको बताएपछि प्रश्न उत्पन्न भएको हो ।

मंगलबार बिहान प्रहरीले कमलादीबाट १५ किलो सुन बरामद भएको भन्ने खबर बाहिर आए पनि चेकजाँचका क्रममा आधा किलोमात्रै सुन र बाँकी चाँदी भएको पुष्टि भएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ६ : २० बजे

बागमती प्रदेश : पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती– चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक

उपमहासचिवमा माओवादी पृष्ठभूमिका लेखराज भट्ट सबैभन्दा अघि

काठमाडौं– एमालेको ११ औँ महाधिवेशनमा उपमहासचिव तर्फ भएको प्रतिस्पर्धामा अद्यावधिक

नेपाल चिकित्सक संघको निर्वाचन : नेतृत्वका लागि त्रिकोणात्मक प्रतिस्पर्धा

काठमाडौं– नेपाल चिकित्सक संघको आगामी नेतृत्व चयनका लागि प्रजातान्त्रिक, प्रगतिशील

उपमहासचिवमा लेखराज पहिलो, योगेश तेस्रो, चौथोमा विष्णु रिमाल

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

एमाले मतपरिणाम अपडेट : पदाधिकारीमा कसले कति मत पाए ?

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत भएको मतदानको मतगणना जारी