वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु « Khabarhub

वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज- वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्थायी कोरोना अस्पतालका संयोजक डा. उदयनारायण सिंहले वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेका हुन् ।

नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत ६८ वर्षीय कोरोना संक्रमितको बुधबार उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

अर्का एक जना ६० वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा हिजो मृत्यु भएकोमा उनको आज मात्र कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको डा. सिंहले जानकारी दिए ।

‘मिर्गौला पीडित रहेका उनी हिजो मात्रै अस्पतालमा भर्ना भएका थिए, हिजो नै उपचारका क्रममा उनको मृत्यु भएको हो , डा. सिंहले खबरहबसँग भने, ‘उनको हिजै स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकोमा आज रिपोर्ट पोजेटिभ आएको हो ।’

कोरोनाले मृत्यु भएका ६८ वर्षीय पुरुष वीरगन्ज महानगरपालिका–७ रेशमकोठी निवासी  हुन् । उनको आज  बिहान मृत्यु भएको डा. सिंहले बताए ।

वीरगन्जको एड्भान्स मेडिकेयर हस्पिटलमा उपचारका लागि भर्ना भएका उनी मुटु रोगी रहेको र स्वासप्रश्‍वासमा समस्या देखिएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना देखिएको थियो ।

कोरोना पोजिटिभ देखिएपछि गत साउन ८ मा एड्भान्स मेडिकेयरबाट कोरोना अस्पताल रेफर गरिएको थियो ।

अस्पतालले थप २ जनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ ।स्वास्थ्य मन्त्रालयले भने उनीहरु दुबै जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गर्न बाँकी छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ७ : १७ बजे

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल

कांग्रेसका खड्का र एमालेकी शर्मा रिहाइको मागसहित दायर भयो बन्दीप्रत्यक्षीकरण रिट

काठमाडौं– पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का र

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका