६ बुँदे प्रस्तावमा पुनर्विचार गर्न उपाध्यक्ष गौतमलाई नेताहरुको सुझाव « Khabarhub

६ बुँदे प्रस्तावमा पुनर्विचार गर्न उपाध्यक्ष गौतमलाई नेताहरुको सुझाव


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता कायम राख्नका लागि अघि सारेका ६ बुँदे प्रस्तावमा पुनर्विचार गर्न उनी निकट नेताहरुले सुझाव दिएका छन् ।

केन्द्रीय सदस्यहरु ठाकुर गैरे, रामकुमारी झाँक्री, रबिन कोइराला, सुरेन्द्र मानन्धर, जीवनराम श्रेष्ठलगायतका नेताले बुधबार निवासमै पुगेर ६ बुँदे प्रस्तावबारे पुनर्विचार गर्न सुझाव दिएका हुन् ।

उनीहरुले पार्टीको समस्या समाधानका लागि ती प्रस्तावहरु व्यवहारिक नहुने भन्दै सुझाव दिएको भेटमा सहभागी एक नेताले जानकारी दिए ।

भेटमा गौतमले पार्टी विभाजन रोक्नैपर्ने अवस्था देखिएको हुँदा ६ बुँदे प्रस्ताव अघि सारेको हुँदा त्यसमा पुनर्विचार नगर्ने बताएको ती नेताले जानकारी दिए ।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेका गौतमले मंगलबार सार्वजनिक गरेको ६ बुँदे प्रस्तावमा ओलीले कुनै पद छाड्न नपर्ने प्रस्ताव राखेका छन् ।

गौतमको यस्तो प्रस्ताव आएलगत्तै मंगलबार साँझ नै प्रधानमन्त्री ओली भैंसेपाटी पुगेर गौतमलाई भेटेका थिए ।

यस्ता छन् ६ बुँदे प्रस्ताव

 

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १० : ४९ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते