ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ? « Khabarhub

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?



काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते हुने निर्वाचनमा सर्लाही-४ बाट उठ्ने भएका छन् ।

काठमाडौं-४ र सर्लाही–४ दुवै क्षेत्रबाट एकल सिफारिसमा परेका उनको नाम यसअघि काठमाडौंबाट अघि सारिएको थियो । विशेष महाधिवेशनको सरगर्मी चल्दै गर्दा थापा सर्लाही–४ बाट चुनाव लड्नुपर्ने माग गर्दै स्थानीय कांग्रेस नेताहरूको डेलिगेसन समेत काठमाडौं पुगेको थियो ।

टिकट वितरणका क्रममा निवर्तमान सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेताले थापालाई दुईमध्ये एक क्षेत्र रोज्न सुझाव दिएका थिए । तर, थापाले लामो समयदेखि निर्वाचन लड्दै आएको काठमाडौं–४ बाटै उम्मेदवारी दिने निर्णय गरे ।

समयाक्रमसँगै राजनीतिक नेतृत्वनै फेरबदल भएपछि थापा विशेष महाधिवेशनमार्फत सभापति चुनिए । अन्ततः उनले २०७० सालको सविधानसधा, २०७४ र ०७९ को संसदीय निर्वाचन गरी तीन पटकसम्म निर्वाचित बनेको काठमाडौं–४ आफूनिकट राजनीतिज्ञ तथा क्रिकेट कमेन्टेटर सचिन तिमल्सिनालाई सुम्पिदै सर्लाही झरेका छन् ।

२०६४ मा भने थापा समानुपातिक सूचीबाट निर्वाचित बनेका थिए । उनी सर्लाहीबाट निर्वाचन लड्ने विषय विगतका निर्वाचनमा पनि चर्चामा नआएका होइनन् । २०७९ को प्रतिनिधि सभा निर्वाचनक्रममा थापा त्यतिबेला पनि आफ्ना निकट विश्वासपात्र डा. स्वर्णीम वाग्लेलाई यो क्षेत्र बुझाएर सर्लाही झर्ने सुरसारमा थिए । राजनीतिक दाउपेच नमिल्दा उनी काठमाडौंमा उम्मेदवार बने । चुनावी क्षेत्रसम्म बुझाउनेसम्मको विश्वास जितेका वाग्ले अहिले रास्वपाका उपाध्यक्ष छन् ।

सर्लाही ४ मा भने उनले कुनै समय कांग्रेस बलियो बनाउन हातेमालो गरेका सहकर्मी डा. अमरेशकुमार सिंहसँग प्रतिस्पर्धा गर्नेछन् । उसो त सिंह पनि कमजोर दाबेदार भने होइनन् । १४ औं महाधिवेसनमा सभापति देउवासँग तिक्तता आएपछि २०७९ को निर्वाचनमा कांग्रेसबाट टिकट पाएनन् तर स्वतन्त्र उठेर जित हात पारे ।

सिंह यसपालि भने वैकल्पिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको बलिया दाबेदार हुन् । डा. सिंह सोमबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन् । सो समयमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुदै गर्दा सिंहले २१ हजार १७ मत आफ्नो पोल्टामा पार्न सफल भएका थिए ।

उनका निकटतम तत्कालीन प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत प्राप्त गरेका थिए, जसलाई तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समेत समर्थन थियो ।

उक्त निर्वाचन स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादव १४ हजार ६सय २२ मतसहित तेस्रो र जनता समाजवादी पार्टी नेपालका राजेशकुमार मिश्र ५ हजार ८ सय १३ मतसहित चौथो स्थानमा थिए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धिरज ठाकुर भने ३ सय १८ मतसहित नवौं स्थानमा सीमित भएका थिए ।

आगामी निर्वाचनमा सर्लाही–४ बाट नेकपा एमालेले रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीले डा.रगनिस राय यादवलाई उम्मेदवार बनाएको छ ।

जिल्लामा सक्रिय कांग्रेस निकट स्रोतका अनुसार, सर्लाही–४ मा रहेका गाउँमध्ये एकबाहेक सबै मधेसी समुदाय रहेकाले पनि उनीलाई समस्या हुनसम्ने बताए ।

‘सिमा नजिकका जिल्लामा काठमाडौं जस्तो सहज छैन्, सर्लाही ४ मा एक बाहेकका गाउँमा मधेसी समुदाय छन् । त्यसैमाथि प्रतिद्वन्द्वी पूर्वराजनीतिक सहकर्मी नै भए,’ स्रोतले भन्यो ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ६ : १९ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र