जापानी टेनिस खेलाडी नाओमी ओसाका फाइनलमा, मेर्टेन्स पराजित « Khabarhub

जापानी टेनिस खेलाडी नाओमी ओसाका फाइनलमा, मेर्टेन्स पराजित


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । जापानी टेनिस खेलाडी नाओमी ओसाका वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनको फाइनलमा प्रवेश गरेकी छिन् ।

अमेरिकाको न्युयोर्कमा शुक्रबार राति भएको सेमिफाइनल बेल्जियमकी एलिस मेर्टेन्सलाई हराएर ओसाका उपाधि नजिक पुगेकी हुन् ।

चौंथो वरियताकी ओसाकाले मेर्टेन्सलाई ६-२ र ७-६ (७-५) को सेटमा पराजित गरिन् ।

अब उपाधिका लागि ओसाकाले जोहान्ना कोन्टा र भिक्टोरिया अजेरिन्काबीचको विजेतासँग खेल्ने छिन् ।

यस अघि ओसाकाले अमेरिकाका एक अश्वेत नागरिकमाथि गोली प्रहारको विरोधमा सेमिफाइनल खेल खेल्न अस्विकार गरेकी थिइन् ।

अमेरिकाको विस्कन्सिन राज्यमा आइतबार प्रहरीले अश्वेत नागरिक ज्याकोब ब्लेकलाई गोली प्रहार गरेका थिए ।

जसको विरोधमा खेलाडीहरु आन्दोलित भएका थिए ।

तर, अश्वेतविरुद्ध आवाज बुलन्द बनाउनका लागि खेल खेल्ने निर्णय गरेको ओसाकाले बताएकी छिन् ।

उनले ब्लाक लाइभ्स म्याटर लेखेको टिसर्ट समेत लगाएकी थिइन् ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ६ : १७ बजे

अष्ट्रेलियामा पाँच हजार लिटिल पेन्गुइनलाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै

मेलबर्न- अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एच–५ एन–१ बर्ड फ्लुको जोखिमबाट लिटिल पेन्गुइनलाई

२६ सय तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो दिनको सेयर कारोबारसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 

काठमाडौं– नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

महेन्द्रनगर– मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।