एनआरएनए कतारले समस्यामा परेका ६२७ नेपालीलाई खाद्यान्न बाढ्यो « Khabarhub

एनआरएनए कतारले समस्यामा परेका ६२७ नेपालीलाई खाद्यान्न बाढ्यो


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले एक्काइसौ चरणको राहत वितरण गरेको छ ।

अगष्ट १५ देखि २८ सम्म कतारको विभिन्न ठाउँमा रहेका ६२७ जना नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीलाई खाद्यान्न वितरण गरिएको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानाकारी दिए ।

विश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्यवहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथाम गर्न विभिन्न सावधानी अपनाएको छ।

यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली नागरिकलाई देखा परेका समस्या समाधानका निम्ति कतार सरकारको पराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा गृह मन्त्रालयद्वारा कतार च्यारिटीमार्फत प्राप्त खाद्यन तथा कतारमा स्थापित नेपाली संघ संस्थाहरूबाट प्राप्त खाद्यान वितरण गरिएको अध्यक्ष मुसलमानले बताए ।

अहिले एक्काइसौ चरणसम्म आइपुग्दा एनआरएनए कतारले ७ हजार २ सय १७ जनालाई खाद्यान स्वरूप राहत राहत वितरण गरिसकेको समेत उनले बताए । खाना सम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको नम्बरमा सम्पर्क गर्न सकिने उनले बताए ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ६ : २६ बजे

कांग्रेस अनुशासन समितिको बैठक शुक्रबार बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी फागुन

रुकुमपूर्वमा प्रचण्डका ८४ घण्टा : जनयुद्धको स्मरणदेखि विकासको प्रतिवद्धतासम्म

रुकुमपूर्व– हिमाली हावा चलिरहेको पातीहाल्नाको सीमामा जब नेपाली कम्युनिष्ट पार्टीका

आईटी क्षेत्रमा नेपालले के गर्न सक्छ ? सुन्नुहोस् गगन थापाको ‘भिजन’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आईटीको क्षेत्रमा नेपालमा

एआई प्रयोगमा अग्रणी बन्दै विद्युत प्राधिकरण, ‘एई साथी’ कार्यान्वयन हुने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले प्रविधिको विकाससँगै प्रविधिमैत्री सेवा प्रवाहलाई

रुकुमपूर्वको पर्यटकीयस्थल मैकोटमा प्रचण्डको मर्निङवाकसँगै भेटघाट

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज