१० हजार नमूनाको निःशुल्क पीसीआर गर्दै चितवन मेडिकल कलेज « Khabarhub

१० हजार नमूनाको निःशुल्क पीसीआर गर्दै चितवन मेडिकल कलेज


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन मेडिकल कलेजले स्थापना गरेको पीसीआर प्रयोगशालामा जिल्लाका १० हजार नागरिकको परीक्षण निःशुल्क गर्न तयार रहेको जनाएको छ ।

परीक्षणका लागि आवश्यक रिएजेन्ट उपलब्ध गराउन अनुरोध गर्दै सहयोग गर्न तयार रहेको जनाएको हो । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले सरकारी प्रयोगशालामा नतिजा आउन एक साता कुर्नु परेको भन्दै तत्कालका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताए ।

उनले भने, “एक सातासम्म नतिजा कुर्नु पर्दा सङ्क्रमण फैलिँदै गएको छ । हामी सामाजिक उत्तरदायित्व बहन गरेर सहयोग गर्न तयार छौँ ।”

परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट सरकारी तवरबाट मात्रै किनिने भएकाले यसको व्यवस्थापन गरिदिन उनले आग्रह गरे । सो मेडिकल कलेजले हालै मात्र रु पाँच करोडभन्दा बढी खर्च गरेर उच्च स्तरको प्रयोगशाला निर्माण गरेको छ ।

सो प्रयोगशालाले एक दिनमा एक हजार २०० देखि एक हजार ५०० सम्म नमूना परीक्षण गर्नसक्छ । भरतपुर अस्पतालको प्रयोगशालाले दैनिक ५०० सम्म परीक्षण गर्दै आएको छ ।

कोरोना सङ्क्रमण बढ्दै जाँदा भरतपुर अस्पतालको प्रयोगशालामा पालोमा रहेका नमूना परीक्षणका लागि सहयोग गर्न तयार रहेको न्यौपानेले जानकारी दिए । उनले भने, “जनताको स्वास्थ्यमा हामी पनि जिम्मेवार छौँ । पालोमा रहेका नमूना परीक्षणका लागि अनुरोध पत्रसहित आए निःशुल्क परीक्षणका लागि हामी तयार छौँ ।”

अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षणको चाप बढेपछि नतिजा आउन एक साता कुर्नु परेको हो । गएको साता चाप बढेपछि केही नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रदेश प्रयोगशाला धुलिखेल पठाइएको थियो । कलेजले भरतपुर महानगरपालिकालाई रिएजेन्ट व्यवस्थापन गरेर स्वाब परीक्षण गराउन पनि अनुरोध गरेको छ ।

भरतपुर महानगरप्रमुख रेनु दाहालले कलेजको प्रस्ताव सकारात्मक रहेको भन्दै रिएजेन्टको विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित माथिल्लो निकायमा छलफल भइरहेको बताइन ।

जिल्लामा सङ्क्रमण बढ्दै गएपछि निषेधाज्ञाको तेस्रो साता शुरु भएको छ । हालसम्म जिल्लामा ५२४ जना सङ्क्रमित पुगेका छन् । जिल्लामा रहेका अस्पतालमा उपचार गराइरहेका नौ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ भने एक जनाको घरमा नै मृत्यु भएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  २ : ३७ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र