विराटनगरमा कोरोना संक्रमितको शव उठाउन सकस, चार दिनमा उठाइयो शव « Khabarhub

विराटनगरमा कोरोना संक्रमितको शव उठाउन सकस, चार दिनमा उठाइयो शव


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङको विराटनगरमा कोरोना संक्रमितको शव उठाउन सकस परेको छ ।

न्यूरो अस्पतालबाट कोरोना संक्रमितको शव चार दिनपछि बल्लतल्ल व्यवस्थापन भएको अस्पताल प्रशासनले जनाएको छ । मंगलबार मृत्यु भएका कोरोना संक्रमितको शनिबार स्थानीय प्रशासनले शव उठाएको अस्पतालका निर्देशक ईञ्जिनियर रञ्जित राज बस्नेतले जानकारी दिए ।

आफन्त र परिवारका सदस्य सम्पर्कमा नआउँदा र महोत्तरी प्रशासनले चासो नदिँदा मंगलबार राति ११ बजेतिर मृत्यु भएका ६१ वर्षीय पुरुषको शव अस्पतालमा अलपत्र परेको थियो ।

बस्नेतका अनुसार कुरुवाका रुपमा अस्पतालमा रहेका ती व्यक्तिका छोरा पनि संक्रमितको मृत्यु भएपछि सम्पर्कविहीन भएका थिए ।

परीवारका सदस्यले नै चासो नदेखाएपछि स्थानीय प्रशासनले नै एम्बुलेन्स खोजेर शव महोत्तरी पठाउने व्यवस्था मिलाएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

एम्बुलेन्समा शव न्युरो अस्पतालकै कोभिड–१९ मेनेजमेन्ट एण्ड रेस्पोन्स टिमका सदस्यले राखिदिएका थिए । वृद्धको उपचारका क्रममा लागेको अस्पतालतर्फको दुई लाख २५ हजार र फार्मेसीतर्फको ७० हजार रुपैयाँ पनि छुट गरिएको अस्पतालका निर्देशक ई. बस्नेतले जानकारी दिए ।

टाउकाको नसा सुकेर प्यारालाईसिस भएका पुरुषलाई साउन ३१ गते अस्पतालमा उपचारका लागि ल्याइएको थियो । कोरोनाको आंशकामा उनको भदौ ३ गते स्वाब संकलन गरेर परीक्षण गराउँदा ७ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनको उपचारकै क्रममा गत मंगलबार मृत्यु भएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ३ : २० बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको