स्वास्थ्यकर्मीमा संक्रमण भएपछि दुम्कौलीमा आकस्मिक र प्रसूति बाहेकका सेवा बन्द « Khabarhub

स्वास्थ्यकर्मीमा संक्रमण भएपछि दुम्कौलीमा आकस्मिक र प्रसूति बाहेकका सेवा बन्द


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ ।

केन्द्रमा कार्यरत ४६ वर्षीया महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको हो ।

जिल्लाको देवचुली नगरपालिकास्थित सो केन्द्रमा कार्यरत सबै कर्मचारीको पिसीआर परीक्षण गर्नुपर्ने भएकाले त्यसको नतिजा नआउन्जेल सम्मका लागि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको नगर प्रवक्ता क्याप्टेन डिलबहादुर खत्रीले जानकारी दिए ।

सेवा बन्द गरेर केन्द्रको निर्मलीकरण गर्ने काम भइरहेको समेत उनले बताए । पछिल्लो समय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  १० : १६ बजे

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,