१६३ औँ पटक रक्तदान « Khabarhub

१६३ औँ पटक रक्तदान


१३ भदौ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १६३औँ पटकको रक्तदान गरेका छन् ।

शनिबार ललितपुरको महालक्ष्मी नगरपालिकाको सःती त्वाःमा नेवाः देय् दबू महालक्ष्मी नगर कचाःले आयोजना गरेको रक्तदान कार्यक्रममा कर्माचार्यले रक्तदान गरेका हुन् ।

कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभाव न्युनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदानका निमित्त गरेको आह्वान अनुसार नेवाः देय् दबू महालक्ष्मी नगर कचाःले ‘रक्तदान : उपमा नभएको महादान’ भन्ने सन्देशका साथ बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकार र महालक्ष्मी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष वासुदेव महर्जन अतिथिका रूपमा सहभागी थिए । उक्त अवसरमा महर्जन र डा. राजकर्णिकरले संयुक्तरूपमा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई रक्त संकलन थौली प्रदान गरेका थिए । नेवाः देय् दबू महालक्ष्मी नगर कचाःका अध्यक्ष विजयकुमार महर्जनले सम्मानपत्रले कर्माचर्यलाई सम्मान गरे ।

उक्त अवसरमा महिला पुरुष गरी १०७ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका थिए । सहभागी स्वयंसेवी रक्तदाताहरूलाई फ्रेम सहितको प्रमाणपत्र, स्वयंसेवी शतक रक्तदाता कर्माचार्यको तस्बिर अंकित टिशर्ट, पञ्जा, सेनिटाइजर, साबुन र मास्क वितरण गरिएको थियो ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ८ : ५१ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने