१६३ औँ पटक रक्तदान « Khabarhub

१६३ औँ पटक रक्तदान


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १६३औँ पटकको रक्तदान गरेका छन् ।

शनिबार ललितपुरको महालक्ष्मी नगरपालिकाको सःती त्वाःमा नेवाः देय् दबू महालक्ष्मी नगर कचाःले आयोजना गरेको रक्तदान कार्यक्रममा कर्माचार्यले रक्तदान गरेका हुन् ।

कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभाव न्युनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदानका निमित्त गरेको आह्वान अनुसार नेवाः देय् दबू महालक्ष्मी नगर कचाःले ‘रक्तदान : उपमा नभएको महादान’ भन्ने सन्देशका साथ बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकार र महालक्ष्मी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष वासुदेव महर्जन अतिथिका रूपमा सहभागी थिए । उक्त अवसरमा महर्जन र डा. राजकर्णिकरले संयुक्तरूपमा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई रक्त संकलन थौली प्रदान गरेका थिए । नेवाः देय् दबू महालक्ष्मी नगर कचाःका अध्यक्ष विजयकुमार महर्जनले सम्मानपत्रले कर्माचर्यलाई सम्मान गरे ।

उक्त अवसरमा महिला पुरुष गरी १०७ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका थिए । सहभागी स्वयंसेवी रक्तदाताहरूलाई फ्रेम सहितको प्रमाणपत्र, स्वयंसेवी शतक रक्तदाता कर्माचार्यको तस्बिर अंकित टिशर्ट, पञ्जा, सेनिटाइजर, साबुन र मास्क वितरण गरिएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ८ : ५१ बजे

माघीको मुखमा सखर बनाउने चटारो (तस्बिरहरू)

सर्लाही– माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानहरूलाई यतिबेला सखर (गुड)

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा