बर्दियामा कोरोना संक्रमितको संख्या ६६९ पुग्यो « Khabarhub

बर्दियामा कोरोना संक्रमितको संख्या ६६९ पुग्यो


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गुलरिया नगरपालिकामा १७ जना, बाँसगढी नगरपालिकामा ५ जना र राजापुर नगरपालिकामा १ जना गरी सोमबार २३ जनामा पुष्टि भएको हो ।

बर्दियामा अहिलेसम्म ११ हजार ४ सय ९४ जनाको पीसीआर गरिएको छ । बर्दियामा २३ जना थपिएसंगै बर्दियामा कोरोना संक्रमणको संख्या ६६९ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार जम्मा संक्रमित मध्ये ४ सय ७८ जना निको भएर घर फर्किसकेका छन् ।

१ सय ५४ जनाको आइसोलेशनमा उपचार भइरहेको छ भने बर्दियामा हालसम्म ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बर्दिया जिल्लामा दिनप्रति दिन कोरोना संक्रमितको संख्या बढ्दै गएकोले असोज १३ गतेदेखि लागु हुने गरी पसल १० बजे देखि ५ बजे सम्म संचालन गर्न पाउने र निजी तथा सार्वजनिक सवारी साधन अंकको आधारमा जोरबिजोर संचालन गर्न जिल्ला संकट व्यवस्थापन समिति बर्दियाले निर्णय गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  १० : ४६ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा