कोशी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि « Khabarhub

कोशी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगरको कोशी अस्पतालमा मृत्यु भएका सुनसरीको दुहवी नगरपालिका–५ का ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मृत्युपछि स्वाब संकलन गरेर कोशी अस्पतालकै प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा पुरुषमा संक्रमण देखिएको हो।

पुरुषलाई सोमबार दिउँसो २:४५ बजे अस्पतालको आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो। उनको केही बेरमै मृत्यु भएको थियो।

अस्पतालका आइसोलेसन संयोजक एवं वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवका अनुसार पुरुषको दिउँसो ३:०५ बजे मृत्यु भएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा राति ८ बजेतिर रिपोर्ट पोजिटिभ आएको हो।

पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वासमा लगायत कोरोनासँग मिल्ने लक्षण रहेको उनले बताए।

मृतकमा कुनै दीर्घ रोग रहेको जानकारी नभएको डा. यादवले जानकारी दिए।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ९ : २८ बजे

एमालेकै प्रतिवेदन भन्छ- ओलीलाई नेतृत्वबाट बिदा गरौँ, उमेर हद र दुई कार्यकालको सीमा ब्युत्याऊँ

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टीलाई

एमाले प्रतिवेदनको निष्कर्ष : फागुनको चुनावी नतिजा पार्टी जीवनकै लज्जास्पद, कार्यकर्ता सम्पर्कमा आउनै छाडे

काठमाडौं– नेकपा एमालेले आमनिर्वाचन २०८२ मा व्यहोरेको पराजयलाई पार्टी जीवनकै

सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन बनाउन संकल्प प्रस्ताव दर्ता

काठमाडौं– सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन निर्माणको माग गर्दै

‘कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छ’

काठमाडौं– प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई