आईपीएल : लयमा देखिएको दिल्लीलाई रोक्ला हैदरावादले ? « Khabarhub

आईपीएल : लयमा देखिएको दिल्लीलाई रोक्ला हैदरावादले ?


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (मंगलबार) दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादको खेल हुँदैछ ।

शेख जियाद रंगशालामा हुने खेल नेपाली समय अनुसार पौने आठ बजे हुँदैछ । आईपीएलको यो सिजनमा दिल्ली क्यापिटल्स लगातार जीत हात पार्दै अंक तालिका अगाडि छ भने हैदरवाद धीमा गतिमा छ ।

यसअघि दुई खेलेको हैदरावादले दुवै खेलमा हार व्येहोरेको छ भने दिल्लीले दुवै खेलमा जीत निकाल्दै लय कायम गरेको छ ।

आजको खेलमा हैदरवाद आफु लयमा फर्किने योजनामा रहेको छ भने दिल्ली आफ्नो सुखद् यात्रा कायम राख्ने लक्ष्यमा छ ।

नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली यसअघिका सिजनमा सधै कमजोर टोलीका रुपमा गनिन्थ्यिो । तर, युवा र अनुभवि खेलाडीको सन्तुलित टोलीका रुपमा यो सिजनमा दिल्लीले राम्रो संकेत देखाएको छ ।

यद्यपी अहिलेसम्म जम्मा दुई खेल खेलेकाले अहिले नै बलियो वा कमजोर भनेर भने आक्न सक्ने अवस्था छैन् ।

दिल्लीको कप्तानी गरिरहेका श्रेयस ऐयरले गएको वर्ष दिल्लीलाई सेमिफाइनलसम्म पुर्याएका थिए । अहिलेसम्म आइपीएल उपाधि भने दिल्लीले हाप पार्न सकेको छैन् ।

दिल्लीको यसअघिको लगातार दुई जीत हात पार्दाका तिव्र गतिका बलर इशान्त शर्मा र रविन्द्र आश्विन हैदरावादविरुद्ध टिममा छैनन् । उनीहरुको अभाव खड्कीन सक्ने क्रिकेट जानकारको भनाई छ । तर, पनि कागिसो रबडाले तिव्र गतिको बलिङलाईनअप समाल्ने समाचारहरुमा विश्लेषण भइरहेको छ ।

अस्ट्रेलियन ब्याट्सम्यान डेबिड वार्नरले कप्तानी गरेको हैदारवादले यो सिजनमा राम्रो गर्न सकेको छैन । मध्यक्रममा अनुभवी खेलाडी नहुँदा कमजोर देखिएको विश्लेषण भइरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ५ : ०१ बजे

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न

अल्लाहलाई पुकार्दै ट्रम्प भन्छन्- इरानले युद्ध हारिरहेको छ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति पूर्ण रूपमा