जब ब्रोइलरका चल्लालाई मेहेन्दी लगाइयो... | Khabarhub Khabarhub

जब ब्रोइलरका चल्लालाई मेहेन्दी लगाइयो…


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अवैध रुपमा भारतबाट ब्रोइलरका चल्ला भित्र्याएर बिक्री वितरण गर्ने व्यक्ति यसअघि पटकपटक पक्राउ परेका हुन् ।

यस्ता गतिविधिमा नेपाली व्यवसायी नै संलग्न रहने गरेको आरोप लाग्दै पनि आएको छ । प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी हजारौँ चल्ला नष्ट पनि गरेको थियो । त्यसको निगरानीमा नेपाली कुखुरा व्यवसायी आफैँ खटिँदै आएका पनि छन् ।

ब्रोइलर चल्लालाई विभिन्न रङ (मेहेन्दी) लगाएर लोकल, कोइलर, गिरिराजका चल्ला भन्दै विक्री वितरण गरेको नौलो घटना फेला परेको छ ।

त्यस्तै नौलो घटना आज काठमाडौँमा भएको छ । चार जना भारतीय व्यक्तिले ब्रोइलरका चल्ला ल्याएर रङ लगाउँदै गर्दा फेला परेपछि उक्त रहस्य खुलेको हो ।

आज महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका १४ कलङ्कीबाट चल्लालाई रङ लगाउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

पक्राउ पर्नेमा भारतीय नागरिक प्रेमसिलादेवी जययसवाल, वकील खान, सुनिता जयसवाल, चन्दादेवी शाह रहेका छन् । उनीहरुले चितवन लगायत विभिन्न जिल्लाबाट ब्रोइलरको चल्ला ल्याइ रङ लगाएर लोकलको मुल्यमा विक्री गर्ने गरेको खुलेको छ ।

कम मूल्यका चल्लालाई रङ लगाएपछि प्रतिगोटा रु १५० सम्ममा विक्री गर्ने गरेको खुलेको छ ।

विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरी ठगी मुद्दामा कानुनी अनुसन्धान शुरु गरिएको जनाइएको छ ।

प्रहरीले उनीहरुको साथबाट यसरी रङ लगाएका झण्डै चार हजार र रङ लगाउने तयारीमा राखिएका २४ हजार चल्ला समेत बरामद गरेको छ । प्रहरीले प्रयोग गरिएका मेहन्दीका खोल र प्रयोग गर्न राखिएको मेहेन्दीका पोका समेत बरामद गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ७ : ३६ बजे

प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

काठमाडौं– निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले

घरका एक्ला छोराको अपहरणपछि हत्या, आफन्त र छिमेकीसहित ८ जना समातिए

सिराहा- सिरहामा अपहरणपछि हत्या गरिएको अवस्थामा १५ वर्षीय किशोरको शव

मन्त्री घिसिङसँग बेलायती राजदूतको भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम्

मंगलबार ५८ अंकले बढ्यो नेप्से, २७ सय बिन्दुनजिक

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.३६ अंकले बढेको छ

प्रसाईंको निष्कर्ष : देशलाई एनजीओ र आईएनजीओले कब्जा गरे

काठमाडौं- राजा फर्काउने अभियानमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पछिल्लो