नौ फरार अभियुक्त पक्राउ « Khabarhub

नौ फरार अभियुक्त पक्राउ


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत नौ फरार अभियुक्तलाई फक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सवारी ज्यान, किर्ते, केही सार्वजनिक अपराध र जबर्जस्ती करणीका एकएक गरी चार तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी ज्यान र ज्यान मार्ने उद्योगको एकएक फरार अभियुक्तलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

त्यस्तै जिप्रका हुम्लाबाट बहुविवाहका एक तथा जिप्रका जाजरकोट र डोल्पाबाट जबर्जस्ती करणीका एकएक फरार अभियुक्त पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक बाँस्तोलाले बताए ।

उनका अनुसार अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका सबै अभियुुक्तलाई सम्बन्धित जिल्ला अदालतसमक्ष पेश गरिएको छ । अदालतले कारवाहीको फैसला सुनाएपछि फरार रहेका करीब ७० अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेको जनाइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ८ : ४४ बजे

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

पाटन (ललितपुर)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद

एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार