मेस्सीको गोलमा बार्सिलोना विजयी, युभेन्टस पराजित « Khabarhub

मेस्सीको गोलमा बार्सिलोना विजयी, युभेन्टस पराजित


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लियोनल मेस्सीको गोलमा च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्टसमाथि सहज जित हात पारेको छ ।

समूह जी अन्तर्गतको बुधबार राति भएको खेलमा बार्सिलोनाले युभेन्टसलाई २-० गोलले पराजित गर्‍यो ।

बार्सिलोनाको जितमा ओउसमान डेम्बेले र लियोनेल मेसीले एक/एक गोल गरे ।

डेम्बेलेले खेलको १४औँ मिनेटमा मेस्सीको असिस्टमा गोल गरे ।

खेलको ८५औँ मिनेटमा युभेन्टसका मरिह डेमिरलले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दबाबमा परेको युभेन्टसले ९१औँ मिनेटमा अर्को गोल खायो ।

९१औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै मेस्सीले बार्सालाई २-०को जित दिलाए ।

जितपछि बार्सिलोना समूह जीमा दुवै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ भने भने युभेन्टसको २ खेलमा ३ अंक रहेको छ ।

युभेन्टस कोरोना संक्रमणका कारण क्रिस्टियानो रोनाल्डो बिना खेलेको थियो ।

 

 

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ६ : २७ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न