च्याम्पियन्स लिगमा चेल्सीको सहज जित « Khabarhub

च्याम्पियन्स लिगमा चेल्सीको सहज जित


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  च्याम्पियन्स लिग फुटबलमा चेल्सीले रसियन क्लब क्रास्नोडारमाथि सहज जित निकालेको छ ।

बुधबार राति समूह ‘ई’ को खेलमा चेल्सीले रसियन क्लब एफके क्रास्नोडारमाथि ४–० को जित निकालेको हो ।

चेल्सीका लागि जियाचले पहिलो गोल गरे । उनले डेबिड वार्नरको पासलाई सदुपयोग गर्दै ७९औं मिनेटमा गोल गरेका थिए ।

खेलमा अग्रता भने ३७औं मिनेटमा हुडसन ओडोईले दिलाएका थिए । काई हाभर्ट्जको पासलमा ओडोईले लण्डन क्लबलाई अघि बढाएका थिए ।

७६औं मिनेटमा वार्नरले पेनाल्टीमा चेल्सीको अग्रता दोब्बर बनाए । जोर्गिन्हो पेनाल्टीमा चुक्दा सुरुवातमा अग्रता लिने अवसर गुमाएको चेल्सीका लागि दोस्रो पेनाल्टी वार्नरले गरेका थिए ।

जियासको गोलसंगै ३–० ले अघि बढेको चेल्सीका लागि खेलको अन्तिम मिनेटमा क्रिस्टियन पुलिसिकले चौथो गोल थपेका थिए । टोमी अब्राहमको पासलाई सदुपयोग गर्दै पुलिसिकले गोल गरेका थिए ।

च्याम्पियन्स लिगको सुरुवाती दुई खेलमा चार अंक जोड्दै चेल्सीले उत्कृष्ट सुरुवात गरेको छ । समूहमा चेल्सी ४ अंक सहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ८ : १९ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि