च्याम्पियन्स लिगमा चेल्सीको सहज जित « Khabarhub

च्याम्पियन्स लिगमा चेल्सीको सहज जित


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  च्याम्पियन्स लिग फुटबलमा चेल्सीले रसियन क्लब क्रास्नोडारमाथि सहज जित निकालेको छ ।

बुधबार राति समूह ‘ई’ को खेलमा चेल्सीले रसियन क्लब एफके क्रास्नोडारमाथि ४–० को जित निकालेको हो ।

चेल्सीका लागि जियाचले पहिलो गोल गरे । उनले डेबिड वार्नरको पासलाई सदुपयोग गर्दै ७९औं मिनेटमा गोल गरेका थिए ।

खेलमा अग्रता भने ३७औं मिनेटमा हुडसन ओडोईले दिलाएका थिए । काई हाभर्ट्जको पासलमा ओडोईले लण्डन क्लबलाई अघि बढाएका थिए ।

७६औं मिनेटमा वार्नरले पेनाल्टीमा चेल्सीको अग्रता दोब्बर बनाए । जोर्गिन्हो पेनाल्टीमा चुक्दा सुरुवातमा अग्रता लिने अवसर गुमाएको चेल्सीका लागि दोस्रो पेनाल्टी वार्नरले गरेका थिए ।

जियासको गोलसंगै ३–० ले अघि बढेको चेल्सीका लागि खेलको अन्तिम मिनेटमा क्रिस्टियन पुलिसिकले चौथो गोल थपेका थिए । टोमी अब्राहमको पासलाई सदुपयोग गर्दै पुलिसिकले गोल गरेका थिए ।

च्याम्पियन्स लिगको सुरुवाती दुई खेलमा चार अंक जोड्दै चेल्सीले उत्कृष्ट सुरुवात गरेको छ । समूहमा चेल्सी ४ अंक सहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ८ : १९ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा