सांसद महेश बस्नेतसहित परिवारका आठै जना कोरोना मुक्त « Khabarhub

सांसद महेश बस्नेतसहित परिवारका आठै जना कोरोना मुक्त


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- सङ्घीय सांसद एंव पूर्वमन्त्री महेश बस्नेतसहित उनका परिवारका आठै जना कोरोना संक्रमण मुक्त भएका छन् ।

बस्नेतकी ६६ वर्षीया आमासहित परिवारका आठ जनामा घर मै आइसोलेसनमा बसेको १५ दिनपछि कोरोना नेगेटिभ रिपोर्ट आएको हो ।

परिवारका सबै सदस्य कोरोना मुक्त भएपछि दशैँको चहलपहल सुरू भएको सांसद बस्नेतले बताए ।

मुटुको शल्यक्रिया गरेको आमालाई कोरोना भएपछि निकै चिन्ता लागेको र १५ दिन मै आमाले कोरोनालाई परास्त गरेर दशैँको टीकासंगै आर्शिवाद थाप्न पाउँदा खुसी लागेको बस्नेतले बताए ।

‘कोरोनालाई परास्त गर्नुभएको आमाले टीका लगाउँदा हामीलाई मात्रै हैन, सिङ्गो देशवासीमा कोरोनालाई परास्त गर्ने शक्ति प्राप्त होस् र हाम्रो देश छिट्टै कोरोना मुक्त होस् भनेर आर्शिवाद दिनुभयो,’ बस्नेतले भने ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहनुभएका  बस्नेतको परिवारका आमा, बहिनी, ज्वाई, भान्जा, भान्जी, सवारी चालकसमेत आठ जनामा कोरोना पोजेटिभ भएको थियो । उनीहरू सबैको बुधबार रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  १० : २५ बजे

सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’

काठमाडौँ– डा. भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक चलचित्र

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर