कुवेतमा हत्या भएको नेपाली महिलाको परिचय खुल्यो « Khabarhub

कुवेतमा हत्या भएको नेपाली महिलाको परिचय खुल्यो


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कुवेतमा एक भारतीयले हत्या गरेको नेपाली महिलाको पहिचान भएको छ । हत्या गरिएकी नेपाली महिला लमजुङ स्थायी घर भएकी जमुना बिक रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मृतकको विवरण हेर्दा उनी गैरकानुनी बाटो हुदैँ भारतबाट कुवेत आएको पाइएको छ । उनको नेपालमा आफन्तसंग सम्पर्क भैसकेको जनाउदै कानुनी प्रक्रिया पुरा गरेर शव स्वदेश पठाइने दूतावासले जनाएको छ ।

कुवेतको एक अपार्टमेन्टमा बस्दै आएकी उनको गत अक्टोबर २१ तारिखमा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

उनको हत्या आरोपमा पक्राउ गरिएका भारतीय नागरिकले आरोप स्वीकार गरिसकेका छन् । पक्राउ परेका ती व्यक्तिले आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग लागेको थाहा पाएपछि हत्या गरेको प्रहरी समक्ष बयान दिएका थिए।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ११ : ४३ बजे

इरानमा लगातार अमेरिकी सेनाको हवाई आक्रमण, सैन्य तथा ऊर्जा पूर्वाधार लक्षित

काठमाडौं– अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानमा लगातार सातौं रात हवाई

इरानले कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी

एजेन्सी– इरानले अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य

मनसुन थप सक्रिय हुँदै : बागमती प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षा

काठमाडौं– विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो

एजेन्सी– गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको