भारतीय प्रधानमन्त्री मोदीका राजनीतिक गुरु पटेलको निधन | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदीका राजनीतिक गुरु पटेलको निधन


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गुजरात राज्यका पूर्वमुख्यमन्त्री केशुभाइ पटेलको मृत्यु भएको छ । उनको बिहीबार निधन भएको हो ।

लामो समयदेखि बिरामी रहेका उनी घरमै आराम गर्दै बसेका थिए । आज बिहान स्वास्थ्यमा थप समस्या देखिएपछि अहमदाबादमा रहेको अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गत महिना उनलाई कोरोनाभाइरस लागेको थियो । सन् १९९५ मा अनि सन् १९९८ देखि २००१ सम्म उनी दुईपटक गुजरातका मुख्यमन्त्री बनेका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन् २००१ मा केशुभाइले नै गुजरातको मुख्यमन्त्री बनाएका थिए ।

मोदीले ट्वीट गरेर केशुभाइको मृत्युमा दुःख प्रकट गरे । पटेलले भाजपाका धेरै युवा कार्यकर्तालाई राजनीतिक दीक्षा दिएको उनले बताए ।

पटेलले गुजरात विधानसभा चुनाव ६ पटक जितेका थिए । सन् २०१२ मा उनले भाजपा परित्याग गरी गुजरात परिवर्तन पार्टी नामक नयाँ दल खोलेका थिए । सन् २०१२ को विधानसभा चुनावमा उनी विजयी भएका थिए तर स्वास्थ्य बिग्रँदै गएपछि सन् २०१४ मा उनले राजीनामा दिए ।

सन् १९४५ मा राष्ट्रिय स्वयंसेवक संघमा प्रचारकका प्रवेश गरेका पटेललाई सन् १९७५ मा लागू गरिएको संकटकालमा कारागार पठाइएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  २ : १० बजे

कञ्चनपुरकाे एक घरमा आगलागी हुँदा २५ लाखको क्षति

कञ्चनपुर– कञ्चनपुरमा जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको घरमा आगलागी भएको

संघीय मामिलाका काम ओझेल परे : मन्त्री जोशी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामान्य प्रशासनको

नेपाली मिडियाको अवस्था : बढ्दै श्रमशोषण, एक वर्षमा २९ महिला पत्रकारले पेशा छोडे

काठमाडौं-  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले प्रेस

एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित  गराउनुपर्छ : अध्यक्ष ओली

नवलपरासी– पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका