भारतीय प्रधानमन्त्री मोदीका राजनीतिक गुरु पटेलको निधन « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीका राजनीतिक गुरु पटेलको निधन


१३ कार्तिक २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गुजरात राज्यका पूर्वमुख्यमन्त्री केशुभाइ पटेलको मृत्यु भएको छ । उनको बिहीबार निधन भएको हो ।

लामो समयदेखि बिरामी रहेका उनी घरमै आराम गर्दै बसेका थिए । आज बिहान स्वास्थ्यमा थप समस्या देखिएपछि अहमदाबादमा रहेको अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गत महिना उनलाई कोरोनाभाइरस लागेको थियो । सन् १९९५ मा अनि सन् १९९८ देखि २००१ सम्म उनी दुईपटक गुजरातका मुख्यमन्त्री बनेका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन् २००१ मा केशुभाइले नै गुजरातको मुख्यमन्त्री बनाएका थिए ।

मोदीले ट्वीट गरेर केशुभाइको मृत्युमा दुःख प्रकट गरे । पटेलले भाजपाका धेरै युवा कार्यकर्तालाई राजनीतिक दीक्षा दिएको उनले बताए ।

पटेलले गुजरात विधानसभा चुनाव ६ पटक जितेका थिए । सन् २०१२ मा उनले भाजपा परित्याग गरी गुजरात परिवर्तन पार्टी नामक नयाँ दल खोलेका थिए । सन् २०१२ को विधानसभा चुनावमा उनी विजयी भएका थिए तर स्वास्थ्य बिग्रँदै गएपछि सन् २०१४ मा उनले राजीनामा दिए ।

सन् १९४५ मा राष्ट्रिय स्वयंसेवक संघमा प्रचारकका प्रवेश गरेका पटेललाई सन् १९७५ मा लागू गरिएको संकटकालमा कारागार पठाइएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  २ : १० बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको