भिटेनको र्‍यापमा प्रहरीलाई काउन्टर ! « Khabarhub

भिटेनको र्‍यापमा प्रहरीलाई काउन्टर !


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक वर्षअघि र्‍यापर भिटेन उर्फ समिर घिसिङ पक्राउ परे । उनलाई ‘हामी यस्तै त हो नि ब्रो’ बोलको र्‍यापमा छाडा शब्द प्रयोग गरेको र प्रहरीको बर्दी दुरुपयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

उनी पक्राउ परेपछि कतिलेप्रहरीले राम्रो काम गरेको भन्दै तारिफ गरे भने कतिले उनलाई पक्राउ गर्न नहुने भन्दै विरोध गरे ।

पक्राउ परेका भिटेनलाई केही दिन हिरासतमा राखेपछि प्रहरीले आइन्दा गीतमा छाडा शब्द प्रयोग नगर्ने सहमतिमा छाडेको थियो ।

प्रहरी हिरासतबाट छुटेपछि उनले मिडियामा अन्तर्वार्ता दिँदै आफूलाई अपराधीको शैलीमा प्रहरीले पक्राउ गरेको बताएका थिए ।

सार्वजनिक रुपमा या सामाजिक सञ्जालबाट भने उनले यसबारेमा कुनै प्रतिक्रिया दिएनन् । गीतमा बाहेक बाहिरी जीवनमा हेर्ने हो भने भिटेन समझदार र भद्र देखिन्छन् ।

विभिन्न अन्तर्वार्तामा भिटेनको प्रस्तुतिले तारिफ कमाउने गर्छ । एक अन्तर्वार्ताका क्रममा भिटेनले आफू पक्राउ परेको कुरालाई गीतबाट नै जवाफ दिने बताएका थिए ।

भिटेनले प्रहरीलाई गीतबाटै काउन्टर दिएका छन् ।

उनले हालै सार्वजनिक गरेको ‘पारा’ बोलको र्‍यापमा भिटेनले प्रहरीको दमन र हिरासतमा आफू परेको घटनालाई सांकेतिक रुपमा प्रस्तुत गरेका छन् । साथै, उनले र्‍याप यस्तै हुने भन्दै पुनः छाडा शब्द गीतमा प्रयोग गरेका छन् । म्युजिक भिडियोको एक दृश्यमा प्रहरीको गाडीमा आगो लगाएको समेत देखाइएको छ ।

गीतमा भिटेनले प्रहरीलाई डन्ठे भनेका छन् भने लागुपदार्थ सेवन गर्नेलाई ‘तोप तानेको’ भनेका छन् ।

र्‍यापमार्फत भिटेनले आफू प्रहरी हिरासतमा रहे पनि आफ्नो पारा उस्तै भएको सन्देश दिन खोजेका छन् ।

रमाइलो कुरा त के छ भने उक्त र्‍याप गीतमा सकारात्मक कमेन्टको बाढी आएको छ । यता प्रहरी प्रधान कार्यालयले भने भिटेनलाई गीतमा छाडा शब्द प्रयोग गरेको भन्दै साइबर ब्युरोलाई पत्र लेखेको छ ।

प्रहरीले पत्र लेखेपछि भिटेनले युट्युबको नम्बर एक ट्रेन्डिङमा पुगेको उक्त गीत ‘मेम्बर अन्ली’ बनाएका छन् । उक्त गीत अहिले युट्युबमा बजाउन नमिल्ने बनाइएको छ ।

प्रहरीले र्‍यापमा प्रयोग भएका शब्द सभ्य समाजले पचाउन नसक्ने खालका भएकाले भिटेनलाई पक्राउ गरी सोधपुछ गरिने बताएको छ ।

यसबारेमा प्रतिक्रिया लिन भिटेनसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ६ : ३५ बजे

विरोध प्रदर्शनका क्रममा पक्राउ परेका राहुल गान्धी रिहा

नयाँदिल्ली– विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता

मनसुन विपद् तयारीबारे सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा प्रस्ताव

काठमाडौं– प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण

राष्ट्रिय एकतामार्फत संकट समाधान गर्न शेखरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई वर्तमान संकटबाट

न्युयोर्कसँग नेतान्याहुलाई पक्राउ गर्ने अधिकार छैन : मेयर ममदानी

न्युयोर्क- न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय

भीष्मराजको जिकिर- मुलुकको विकासका लागि कांग्रेस फुट्नु अभिशाप, पार्टी तोड्ने होइन, जोड्नुपर्छ

चितवन– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरूले पार्टी