भिटेनको र्‍यापमा प्रहरीलाई काउन्टर ! | Khabarhub Khabarhub

भिटेनको र्‍यापमा प्रहरीलाई काउन्टर !


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक वर्षअघि र्‍यापर भिटेन उर्फ समिर घिसिङ पक्राउ परे । उनलाई ‘हामी यस्तै त हो नि ब्रो’ बोलको र्‍यापमा छाडा शब्द प्रयोग गरेको र प्रहरीको बर्दी दुरुपयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

उनी पक्राउ परेपछि कतिलेप्रहरीले राम्रो काम गरेको भन्दै तारिफ गरे भने कतिले उनलाई पक्राउ गर्न नहुने भन्दै विरोध गरे ।

पक्राउ परेका भिटेनलाई केही दिन हिरासतमा राखेपछि प्रहरीले आइन्दा गीतमा छाडा शब्द प्रयोग नगर्ने सहमतिमा छाडेको थियो ।

प्रहरी हिरासतबाट छुटेपछि उनले मिडियामा अन्तर्वार्ता दिँदै आफूलाई अपराधीको शैलीमा प्रहरीले पक्राउ गरेको बताएका थिए ।

सार्वजनिक रुपमा या सामाजिक सञ्जालबाट भने उनले यसबारेमा कुनै प्रतिक्रिया दिएनन् । गीतमा बाहेक बाहिरी जीवनमा हेर्ने हो भने भिटेन समझदार र भद्र देखिन्छन् ।

विभिन्न अन्तर्वार्तामा भिटेनको प्रस्तुतिले तारिफ कमाउने गर्छ । एक अन्तर्वार्ताका क्रममा भिटेनले आफू पक्राउ परेको कुरालाई गीतबाट नै जवाफ दिने बताएका थिए ।

भिटेनले प्रहरीलाई गीतबाटै काउन्टर दिएका छन् ।

उनले हालै सार्वजनिक गरेको ‘पारा’ बोलको र्‍यापमा भिटेनले प्रहरीको दमन र हिरासतमा आफू परेको घटनालाई सांकेतिक रुपमा प्रस्तुत गरेका छन् । साथै, उनले र्‍याप यस्तै हुने भन्दै पुनः छाडा शब्द गीतमा प्रयोग गरेका छन् । म्युजिक भिडियोको एक दृश्यमा प्रहरीको गाडीमा आगो लगाएको समेत देखाइएको छ ।

गीतमा भिटेनले प्रहरीलाई डन्ठे भनेका छन् भने लागुपदार्थ सेवन गर्नेलाई ‘तोप तानेको’ भनेका छन् ।

र्‍यापमार्फत भिटेनले आफू प्रहरी हिरासतमा रहे पनि आफ्नो पारा उस्तै भएको सन्देश दिन खोजेका छन् ।

रमाइलो कुरा त के छ भने उक्त र्‍याप गीतमा सकारात्मक कमेन्टको बाढी आएको छ । यता प्रहरी प्रधान कार्यालयले भने भिटेनलाई गीतमा छाडा शब्द प्रयोग गरेको भन्दै साइबर ब्युरोलाई पत्र लेखेको छ ।

प्रहरीले पत्र लेखेपछि भिटेनले युट्युबको नम्बर एक ट्रेन्डिङमा पुगेको उक्त गीत ‘मेम्बर अन्ली’ बनाएका छन् । उक्त गीत अहिले युट्युबमा बजाउन नमिल्ने बनाइएको छ ।

प्रहरीले र्‍यापमा प्रयोग भएका शब्द सभ्य समाजले पचाउन नसक्ने खालका भएकाले भिटेनलाई पक्राउ गरी सोधपुछ गरिने बताएको छ ।

यसबारेमा प्रतिक्रिया लिन भिटेनसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ६ : ३५ बजे

७२ घण्टाभित्र माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने कर्मचारी संगठनको चेतावनी

काठमाडौं– कर्मचारी संगठनहरुले आफ्ना मागहरू ७२ घण्टाभित्र सम्बोधन नभए सशक्त

बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक

राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल

काठमाडौं– प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले प्रस्तावित सङ्घीय निजामती सेवा

इजरायलले गाजामा ५० दिनका लागि सहायता रोक्यो : राष्ट्रसङ्घ

एजेन्सी– इजरायलले ५० दिनदेखि गाजा पट्टीमा सबै प्रकारका सहायताको प्रवेश

धनुषामा आमाले विष खुवाउँदा तीन छोराछोरीले ज्यान गुमाए

धनुषा – धनुषाको शहीदनगर नगरपालिका–५ बासुदेवपट्टि गाउँमा पारिवारिक कलहका कारण