राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना संक्रमण « Khabarhub

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना संक्रमण


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक सूचना जारी गर्दै चार खेलाडीलाई कोरोना संक्रमणको पुष्टि भएको जनाएको हो ।

बिहीबारबाट सुरु भएको राष्ट्रिय फुटबल टोलीको टिमको प्रशिक्षणका लागि ३४ खेलाडीलाई बोलाइएको थियो । तर, प्रशिक्षणमा भने ३० जना खेलाडीले मात्र सहभागीता जनाएको थिए ।

चार जनामा कोरोना संक्रमणको पुष्टि भएका कारण प्रशिक्षणमा ३० जनाले सहभागीता जनाएको एन्फाले जनाएको छ ।

कोरोना देखिएका ४ खेलाडीलाई सेल्फ आईसोलेसनमा राखिएको एन्फाले जनाएको छ । एन्फाले संक्रमित खेलाडीको नाम भने खुलाएको छैन ।

प्रशिक्षण सुरु गर्नु पूर्व एन्फाले बुधबार खेलाडीको स्वाव संकलन गरेको तर, चार खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

नेपालले बंगलादेशसँगको अन्तर्राट्रिय मैत्रीपूर्ण खेलका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबारबाट प्रशिक्षण सुरु गरेको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ७ : ४० बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल