गण्डकी प्रदेशमा थपिए १०२ कोरोना संक्रमित, तीनको मृत्यु « Khabarhub

गण्डकी प्रदेशमा थपिए १०२ कोरोना संक्रमित, तीनको मृत्यु


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशमा थप १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दू शर्माले जानकारी दिएका छन् ।

गएको २४ घण्टामा थपिने सङ्क्रमितहरुमा सबैभन्दा धेरै कास्कीका ४६ जना छन् । त्यसैगरी गोरखाका २७ जना, नवलपरासी पूर्वका १२ जना, तनहुँका ९ जना, म्याग्दीका ५ जना, पर्वतका २ जना र लमजुङका १ जना छन् ।

त्यसैगरी गएको २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । बाग्लुङको गलकोट नगरपालिका ३ का ७२ वर्षीय कोरोना सङ्क्रमित पुरुषको बिहीबार साँझ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक सह प्रा.डा.अर्जुन आचार्यले जानकारी दिए ।

यस्तै पर्वतको कुश्मा नगरपालिका ६ का ५५ वर्षीय सङ्क्रमित पुरुषको पनि विहान चरक मेमोरियल अस्पताल, पोखराको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ भने पोखरा महानगरपालिका १३ का ३६ वर्षीय सङ्क्रमित महिलाको बुधबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । हालसम्म ४ हजार १४६ जना निको भएका छन् भने २ हजार ८२९ सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ९ : ३१ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको