गण्डकी प्रदेशमा थपिए १०२ कोरोना संक्रमित, तीनको मृत्यु | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा थपिए १०२ कोरोना संक्रमित, तीनको मृत्यु


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशमा थप १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दू शर्माले जानकारी दिएका छन् ।

गएको २४ घण्टामा थपिने सङ्क्रमितहरुमा सबैभन्दा धेरै कास्कीका ४६ जना छन् । त्यसैगरी गोरखाका २७ जना, नवलपरासी पूर्वका १२ जना, तनहुँका ९ जना, म्याग्दीका ५ जना, पर्वतका २ जना र लमजुङका १ जना छन् ।

त्यसैगरी गएको २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । बाग्लुङको गलकोट नगरपालिका ३ का ७२ वर्षीय कोरोना सङ्क्रमित पुरुषको बिहीबार साँझ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक सह प्रा.डा.अर्जुन आचार्यले जानकारी दिए ।

यस्तै पर्वतको कुश्मा नगरपालिका ६ का ५५ वर्षीय सङ्क्रमित पुरुषको पनि विहान चरक मेमोरियल अस्पताल, पोखराको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ भने पोखरा महानगरपालिका १३ का ३६ वर्षीय सङ्क्रमित महिलाको बुधबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । हालसम्म ४ हजार १४६ जना निको भएका छन् भने २ हजार ८२९ सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ९ : ३१ बजे

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल