म्यान्चेस्टर सिटीसँग बर्नलीको लज्जास्पद हार « Khabarhub

म्यान्चेस्टर सिटीसँग बर्नलीको लज्जास्पद हार


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीसँग बर्नलीले लज्जास्पद हार बेहोरेको छ ।

शनिबार राति भएको खेलमा सिटीले बर्नलीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेजले ह्याट्रिक गरे । यस्तै बेन्जामिन मेन्डी र फेरान टोरेसले एक एक गोल गरे ।

बर्नलीविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा सिटीले छैठौँ मिनेटमा महरेजको गोलबाट अग्रता बनाएको थियो ।

२२औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए ।

४१औँ मिनेटमा मेन्डीले गोल गर्दै पहिलो हाफमा सिटीलाई ३-० को अग्रता दिलाए । ६६औँ मिनेटमा टोरेसले गोल गर्दै टोलीको अग्रता ४-० को बनाए ।

६९औँ मिनेटमा महरेजले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा सिटीले ५-० को फराकिलो जित निकाल्न सफल भयो ।

जितसँगै सिटी लिगको आठौं स्थानमा उक्लिएको छ । सिटीले ९ खेलमा १५ अंक जोडेको छ । बर्नली ५ अंक जोडेर १७ औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ६ : १५ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय