विश्वभर ६ करोड २५ लाखमा संक्रमण, १ लाख ५ हजार सिकिस्त « Khabarhub

विश्वभर ६ करोड २५ लाखमा संक्रमण, १ लाख ५ हजार सिकिस्त


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर ६ करोड २५ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

संक्रमण सुरू भएको एक वर्ष वित्दा २१८ मुलुकका ६ करोड २५ लाख ६२ हजार ८५० जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै ५ लाख ७१ हजार ६९८ जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म ४ करोड ३१ लाख ८८ हजार जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ७६३ जना संक्रमणमुक्त भएका छन् ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म १४ लाख ५८ हजार ९३ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ९ हजार १९९ जनाको मृत्यु भएको छ ।

हाल विश्वभर १ करोड ७९ लाख १६ हजार ७५३ जना उपचाररत छन् । यसमध्ये १ लाख ५ हजार २३८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ५ : ५९ बजे

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब फाइनलमा प्रवेश

काठमाडाैँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण

दृष्टि पाएपछि वृद्धवृद्धा दङ्ग, चिकित्सकसँगै गीत गाएर नाचे

म्याग्दी- म्याग्दीको बेनीका ८४ वर्षीय दलबहादुर खड्का जीवनमै सबैभन्दा बढी

नेविसंघकै नेताहरुले अध्यक्ष दुजाङ शेर्पाको पुत्ला जलाए

काठमाडौँ- नेपाल विद्यार्थी संघकै नेताहरुले संघका अध्यक्ष दुजाङ शेर्पाको पुत्ला

पूर्वी नवलपरासीमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौँ- पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको

बालुवाटार बैठक निष्कर्षविहीन

काठमाडौँ- सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बैठक निष्कर्षविहीन भएको छ ।