मुलुकभर बढ्यो चिसो, जुम्लाको तापक्रम माइनस दुई डिग्री « Khabarhub

मुलुकभर बढ्यो चिसो, जुम्लाको तापक्रम माइनस दुई डिग्री


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तापक्रम घट्दै जाँदा मुलुकभर चिसो बढेको छ ।

तराईका कतिपय स्थानमा हुस्सु लागेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात भएको छ ।

काठमाडौँ उपत्यकाको आज बिहानको तापक्रम ४.८ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शनिबार यो वर्षकै सबैभन्दा कम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आज दिउँसो काठमाडौंको तापक्रम बढेर २२ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जुम्लाको तापक्रम माइनस दुई दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ ।

तापक्रम घट्दै गएपनि पानी पर्ने सम्भावना कम रहेको महाशाखाले जनाएको छ । आज, भोलि सोमबार र मंगलबारसम्म मौसम सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ९ : १० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका