ला लिगामा रियल पराजित « Khabarhub

ला लिगामा रियल पराजित


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ला लिगाको साविक विजेता रियल मड्रिड अल्भाससँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा रियल अल्भाससँग २–१ गोल अन्तरले पराजित भएको हो । योसँगै रियलको यो तेस्रो हार व्येहोरेको छ । यो सिजनमा रियलले राम्रो सुरुवात गर्न सकेको छैन् ।

रियलविरुद्ध अल्भासका लागि खेलको ५ औं मिनेटमा लुकास परेजले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए भने दोस्रो गोल खेलको दोस्रो हाफमा जोसेलुले गर्दै अल्भासलाई २–० गोलको अग्रता दिलाएबका थिए ।

रियलकालागि भने कासिमेरोले गरेको ८६ औं मिनेटमा गोल मात्रै भयो । दोस्रो गोल थप्न नसक्दा रियल पराजित हुन पुग्यो ।

रियलले यो सिजनमा अहिलेसम्म खेलेका १० खेलमा जम्मा पाँच खेल जितेको छ भने २ खेल बराबरी खेल्दा ३ खेलमा हार व्येहोरेको छ । जसमा रियल १७ अंकसहित पाँचौं स्थानमा छ । अल्भास भने १३ अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १२ : ५१ बजे

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा