कोरोनाविरुद्धको नियम पालना नगर्ने दुई सरकारी अधिकारीलाई उत्तर कोरियामा मृत्युदण्ड « Khabarhub

कोरोनाविरुद्धको नियम पालना नगर्ने दुई सरकारी अधिकारीलाई उत्तर कोरियामा मृत्युदण्ड


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाले कोरोनाविरुद्धको नियम पालना नगर्ने दुई सरकारी अधिकारीलाई मृत्युदण्डको सजाय दिएको छ।

कोरोना प्रकोपबीच चीनको सीमाबाट सामान निर्यात नगर्ने सरकारको निर्णयविरुद्ध काम गरेपछि दुई सरकारी अधिकारीहरुलाई मृत्युदण्ड दिइएको समाचार संस्था एपीले जनाएको छ।

यसबीचमा उत्तर कोरिया कोरोनाविरुद्धको नियम पालना गराउन कडा रुपमा प्रस्तुत भएको पनि बताइएको छ।

उत्तर कोरियाले विभिन्न क्षेत्रमा लकडाउन कायम राखिराखेको छ भने त्यहाँका नदीहरुमा माछा मार्न पनि प्रतिबन्ध लागेको छ।

पानीलाई कोरोना रहित बनाउन माछा मार्न नै प्रतिबन्ध गरिएको जनाइएको छ। साथै समुद्री नुन उत्पादको कार्यलाई पनि तत्कालका लागि रोकिएको छ।

विश्वभर कोरोना भाइरसको प्रकोप फैलिसकेको छ। तर उत्तर कोरियामा हालसम्म एक जनामा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको त्यहाँको सरकारले जनाएको छ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ४ : ४६ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले