सीमा सुरक्षा र अपराध नियन्त्रमा लाग्न सशस्त्र प्रहरीलाई गृहको निर्देशन « Khabarhub

सीमा सुरक्षा र अपराध नियन्त्रमा लाग्न सशस्त्र प्रहरीलाई गृहको निर्देशन


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले सीमाको सुरक्षा र सीमा क्षेत्र भएर हुने अपराध नियन्त्रणमा सक्रियतापूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ ।

गृह सचिव महेश्वर न्यौपानेले सीमा रक्षाका साथै सीमा अपराध, राजश्व चुहावट, चोरीपैठारी निकासीका गतिविधि नियन्त्रणमा संवेदनशील भएर कार्य क्षेत्रमा खटिन सशस्त्र प्रहरी अधिकृतलाई निर्देशन दिएका हुन् ।

हालै बाहिनीपतिका रुपमा सरुवा भई त्यसतर्फ जान लागेका सशस्त्र प्रहरीका अधिकृतलाई आज सशस्त्र प्रहरी बल नेपालको मुख्यालय काठमाडौंमा आज आयोजित समारोहमा गृहसचिव न्यौपानेले सशस्त्र प्रहरीका अधिकृत तथा जवानलाई उचित ढङ्गले परिचालन गरी निर्दिष्ट लक्ष्य प्राप्तिमा पूर्ण व्यावसायिक भई खटिन अनुरोधसमेत गरे ।

उनले विपद् व्यवस्थापन कार्यमा सशस्त्र प्रहरीले पु¥याएको योगदान र कोभिड–१९ महामारी नियन्त्रण तथा व्यवस्थापनमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरे । शान्तिसुरक्षा कायम गर्ने कार्यमा आइपर्ने विविध सुरक्षा चुनौतीलाई परास्त गर्दै मुलुकको आन्तरिक सुरक्षा कायम राख्न अन्य निकायसँग आवश्यक समन्वयमा नचुक्नसमेत उनले आग्रह गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल राज्य तथा सङ्गठनले लिएको लक्ष्य प्राप्तिका लागि तथा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् प्रकोप पीडित नागरिकको उद्धारलगायतका जिम्मेवारीमा अहोरात्र खटिएको बताए ।

खनालले गृहसचिवबाट भएका निर्देशनलाई सशस्त्र प्रहरी बलका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीबाट अक्षरश पालना हुने प्रतिवद्धता व्यक्त गरे । गृह मन्त्रालयले हालैमात्र उपत्यका र विभिन्न जिल्लाका नौजना बाहिनीपतिको सरुवा गरेको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १० : ०१ बजे

दिक्तेल–चखेवाभञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा

खोटाङ – मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको माम्खामा ग्याबिन बाल (तारजालीसहितको

टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं – जिल्ला अदालत ललितपुरले टिकटकर तुलसा भन्ने तुल्सी अधिकारीलाई

करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु

झापा – झापाको अर्जुनधारामा आज दिउँसो एक जनाको माछा मार्ने

तातो लहरसम्बन्धी विशेष बुलेटिन : १४ जिल्लामा सतर्क रहन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले तातो दिन वा

वासिङ्टन सम्झौता अन्तिम मौका : लेबनानी राष्ट्रपति

बेरुत, लेबनान – वाशिङ्गटनमा इजरायलसँगको वार्तापछि घोषणा गरिएको युद्धविराम कार्यान्वयन