ओली सरकारको विकल्प छैन : मन्त्री अर्याल « Khabarhub

ओली सरकारको विकल्प छैन : मन्त्री अर्याल


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताएकी छन्।

आइतबार स्याङजाको वालिङस्थित एक खानेपानी आयोजनाको शिलान्यास गर्दै त्यस्तो बताएकी हुन्। मन्त्री अर्यालले पार्टीभित्र चलिरहेको विवादलाई लिएर सरकारको भविष्य के हुन्छ भनी प्रश्न उठ्ने गरेको भन्दै ओली सरकारको अहिले विकल्प नरहेकोले द्विविधामा नपर्न आग्रह गरिन्।

मन्त्री अर्यालले भनिन् ‘वर्तमान सरकारको पुरै कार्यकाल रहन्छ, ओली सरकारको नेतृत्वमै देश परिर्वतनकाे दिशामा अगाडि बढेको छ।’

कम्युनिष्ट पार्टी एक गतिशील पार्टी भएकाले छलफल र विवाद स्वभाविक भएको उनको भनाइ छ। पार्टीभित्र वहस घनिभूत रुपमा चल्ने भन्दै उनले दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेको बताइन्।

सरकारले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यका साथ जनताको आधारभुत आवश्यकता पुरा गर्न अगाडि बढेको मन्त्री अर्यालले बताइन्।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १० : १८ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच