राखेपद्वारा १३ औँ सागको एक वर्षपछि खर्च विवरण सार्वजनिक « Khabarhub

राखेपद्वारा १३ औँ सागको एक वर्षपछि खर्च विवरण सार्वजनिक


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक वर्षपछि १३औँ दक्षिण एसियाली खेलकुद (साग) को खर्च विवरण सार्वजनिक गरेको छ ।

राखेप सदस्यसचिव रमेशकुमार सिलवालले कोरोना महामारीका कारण खर्च विवरण सार्वजनिक गर्नमा ढिलाइ भएको बताए । राखेपले आइतबार पत्रकार सम्मेलन गर्दै २०७६ साल मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा सञ्चालन भएको १३औँ सागको खर्च विवरण सार्वजनिक गरेको हो ।

साग सम्पन्न भएको तीन महिनाभित्रै सागको खर्च विवरण सार्वजनिक गर्ने योजना भए पनि कोरोना महामारीका कारण ढिलाइ भएको उल्लेख गरे । सदस्यसचिव सिलवालका अनुसार साग खेलकुदतर्फ रु एक अर्ब ३१ करोड ७८ लाख ४३ हजार खर्च भएको छ भने पूर्वाधार निर्माणतर्फ रु दुई अर्ब ८६ करोड १४ लाख २८ हजार खर्च भएको छ ।

सरकारबाट, टिकट बिक्रीबाट, विज्ञापनबाट र सागमा सहभागी राष्ट्रबाट प्राप्त भएको रकम गरी कूल रु एक अर्ब ३७ करोड २७ लाख ९४ हजार आम्दानी भएको उनले जानकारी दिए । यसैगरी रु एक करोड ९३ लाख ८० हजार खर्च गर्न नसकी फ्रिज भएको सिलवालले बताए ।

सदस्यसचिव सिलवालका अनुसार टिकट बिक्रीबाट रु दुई करोड ६७ लाख ११ हजार, विज्ञापनबाट रु २० लाख ९९ हजार तथा सहभागी राष्ट्रहरुबाट रु ११ करोड २१ लाख ३५ हजार प्राप्त भएको थियो । साग प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा रु ११ करोड ५९ लाख ८८ हजार खर्च भएको छ ।

होटल बसोबासमा रु १३ करोड ५९ लाख ६७ हजार, खेल सामग्री व्यवस्थापनमा रु २८ करोड २२ लाख ८३ हजार, राष्ट्रिय टोली व्यवस्थापनमा रु ३० करोड ८० लाख ८१ हजार तथा सचिवालयतर्फ रु १५ करोड १७ लाख ९२ हजार खर्च भएको छ ।

यसैगरी १३औँ सागमा पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागी राष्ट्रिय सङ्घलाई प्रदान गरिएको पुरस्कारबापत गरी रु २२ करोड ७६ लाख खर्च भएको राखेपले जनाएको छ । सदस्यसचिव सिलवालका अनुसार रु तीन करोड ५५ लाख ७१ हजार मौज्दात रहेको छ । सरकारले साग सञ्चालन गर्नका लागि रु एक अर्ब २३ करोड १८ लाख ४८ हजार उपलब्ध गराएको उनले जानकारी दिए ।

यसैबीच सदस्यसचिव सिलवालले यसवर्ष गण्डकी प्रदेशमा आयोजना गर्ने भनेर घोषणा गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको टुङ्गो मङ्सिर मसान्तसम्म लाग्ने बताए । कोरोना महामारीका कारण नवौँ राष्ट्रिय प्रतियोगिताको समय तालिका निर्धारण गर्न नसकिएको उनले उल्लेख गरे । खेलकुद प्रतियोगिता कोरोना संक्रमण बढाउनका लागि नभएको उनको भनाइ थियो ।

यस्तै १४औँ साग आयोजना गर्ने पालो पाकिस्तानको भएको तर पाकिस्तानले गर्नसक्ने वा नसक्नेबारे निर्णय गर्न बाँकी रहेको सिलवालले उल्लेख गरे । पाकिस्तानले साग आयोजना गर्न असफल भए बङ्गलादेश र श्रीलङ्काले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १० : ३६ बजे

ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन

खेल क्षेत्रमा चुनौती-अवसर दुवै छ, काम गरेर देखाउनुपर्छ : मन्त्री पोखरेल

काठमाडौं– युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ ।

मध्य इरानमा सैन्य स्थलमा आक्रमण

तेहरान– मध्य इरानको इस्फहान प्रान्तमा केही सैन्य स्थलमा आक्रमण हुँदा

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल